शुक्रबार, अशोज ९, २०७७
Friday, September 25, 2020

जागिरको प्रलोभन देखाएर सामूहिक बलात्कार

फाल्गुन १३, धनगढी : उनलाई फेसबुकमा एक अपरिचितको ‘फ्रेन्ड रिक्वेस्ट’ आयो । सहजै ‘एसेप्ट’ गरिन् । मेसेन्जरमा कुराकानी हुन थाल्यो । दिन प्रतिदिनको कुराकानीले उनीहरू नजिकिए ।

सुनसरी इटहरीकी घर भएकी उनी जागिरको खोजीमा थिइन्। ३४ वर्षीया उनलाई फेसबुकमार्फत् चिनजानका साथीले आकर्षक जागिरको प्रलोभन देखाए। प्लेनको टिकटसमेत मिलाइ दिए। जागिरको आशामा उनी काठमाडौं ओर्लिइन्। जब उनी काठमाडौं झरिन्, सामूहिक बलात्कारको सिकार भइन्।

सामूहिक बलात्कारको आरोपमा महानगरीय प्रहरी वृत्त महाराजगन्जले दुई दाजुभाईलाई पक्राउ गरेको छ। वृत्त प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालका अनुसार बलात्कारको अभियोगमा झापा गौरीगन्ज–१ घर भइ बुढानीलकण्ठ नगरपालिका–६ हात्तिगौंडा बस्ने ३५ वर्षीय सुवास संग्रौला र उनका भाइ ३३ वर्षीय विशाल संग्रौला पक्राउ परेका छन्।

उनीहरूले ती महिलालाई बुढालिनकण्ठ नगरपालिका–६ गणेश चोकस्थित सुवास संग्रौलाको घरमा र भक्तपुरको एक रिसोर्टमा लगेर सामूहिक बलात्कार गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको प्रहरी नायब उपरीक्षक लम्सालले बताए।

पक्राउ परेका संग्रौला दाजुभाईलाई प्रहरीले जबर्जस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरेको छ। पीडित महिलालाई भने एक सामाजिक संस्थामा आश्रय दिइएको प्रहरीले जनाएको छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE