सोमवार, अशोज १२, २०७७
Monday, September 28, 2020

कोरोना भाइरस विरुद्ध खोपको आविश्कार

एजेन्सी : कोरोना भाइरसले ले लगभग पुरै विश्व त्रसित बनिरहेको बेला चीनमा यसको उपचार गर्न कोरोना भाइरसविरुद्धको भ्याक्सिन आविश्कार भएको बताईएको छ । चाइनाको सेन्ट्रल टेलिभिजनका अनुसार चिनियाँ सेनाको मेजर जनरल शेन वेईको टिमले कोरोना भाइसविरुद्धको भ्याक्सिन बनाएको समाचार सार्वजनिक भएको हो ।

पीपुल्स लिबरेशन आर्मी मेडिकल विशेषज्ञ समेत रहेकी वेई खतरनाक भाइसरविरुद्धको खोप बनाउँदै विश्वलाई खतराबाट बचाउँदै आएकी छिन् । उनको टोलीले यसअघि पनि सार्स र इबोला जस्ता खतरनाक भाइरसविरुद्धको खोप बनाइसकेका छन् । चीनको मिलिट्री मेडिकल साइनस एकेडेमीले खतरनाक भाइरस विरुद्धको कीट, औषधि र खोप बनाउने काममा सफलता प्राप्त गर्दै आएको छ ।

कोरोना विरुद्धको भ्याक्सिन बनाउन एकेडेमीमा २६ विशेषज्ञ, ५० भन्दा बढि वैज्ञानिक र ५०० भन्दा बढीअनुसन्धानकर्ताहरुले रात दिन लगाएर खोपको ‘क्लिनकल एप्लीकेशन’ तयार गरेको टेलिभिजनले जानकारी दिएको छ । यो टिमले एक महिनादेखि वेईको नेतृत्वमा वुहानमा भ्याक्सिन बनाउने काम थालेको थियो ।

चीनको अनुसार कोरोना भाइरसविरुद्धको भ्याक्सिन चाडै उपलब्ध हुने र कोरोनाको आतङ्क अन्त्य हुनेछ । तर चाइनाको अंग्रजी भाषाको मुख पत्र ग्लोबल टाइम्समा अमृतसमान भ्याक्सिनको प्रतिक्षा भन्ने शिर्षकमा खवर लेखिएको छ ।
पत्ता न लागेको भएपनि यसको परिक्षण र परिणती देखिएको छैन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE