मङ्लबार, अशोज ६, २०७७
Tuesday, September 22, 2020

‘मास्क’मा कालोबजारी भेटिए ११३७ मा फोन गर्नुहोस्

काठमाडौं, २३ फागुन : वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले कोरोना भाइरसको सन्त्रास बढेको समयमा माक्समा कालोबजारी भएको पाइए पैसा नलाग्ने फोन नम्बर ११३७ मा खबर गर्न आग्रह गरेको छ ।

बजारमा मास्क नपाइने र पाइए पनि तोकिएको मुल्यभन्दा निकै महँगो मुल्य पर्ने गुनासो बढेपछि विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले उक्त पैसा नलाग्ने नम्बरमा फोन गर्न आग्रह गरेका हुन् । उनले कोरोना भाइरसको त्रास भइरहेका बेला मौकाको फाइदा छोप्दै ठगी गर्नेहरुलाई तीन लाख रुपैयाँसम्म जरिबाना तिराउने र मुद्दा चलाउने जानकारी दिए ।

माक्स लुकाएर मुल्य बढाउने केही ब्यापारीलाई कारवाही समेत गरिएको उनले जनाए । मास्क लुकाउने काठमाडौंको क्षेत्रपाटीमा रहेको नेपाल केयर सर्जिकल सप्लायर्सलाई दुई लाख रुपैयाँ जरिबाना तिराएको विभागले बताएको छ । अनुगमनका क्रममा त्यसरी कालोवजारी गर्ने अन्य ८ ब्यापारीलाई पनि सचेत गराइएको जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE