बिहिबार, असार २५, २०७७
Thursday, July 9, 2020

कैलालीमा अनिश्चितकालीन कर्फ्यू

धनगढी, १० चैत्र : कोरोना भाइरसको संक्रमणबाट जोगिन कैलालीमा अनिश्चितकालीन कर्फ्यू (निशेधाज्ञा) लगाइएको छ।

सोमबार जिल्ला प्रशासन कार्यालय सूचना जारी गरि दिउसो २ बजेदेखि कर्फ्यू लगाएको जनाएको छ। आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यकबाहेका सेवारसुविधा बन्द गरिएको जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले जारी गरिको सूचनामा भनिएको छ, ‘कोरोना भाइरसको सम्भावित संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलन नदिनका लागि यस जिल्लाभरि प्रतिकुल प्रभाव पर्न सक्ने कुनै पनि किसिमका गतिविध हुन-गर्न नदिन’ कर्फ्यू लगाइएको जनाएको छ।

अत्यावश्यक सेवाहरू जस्तै भोजनालय, औषधी पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा, हावाईमार्ग यात्री वा मालसामान ओसारपसार गर्ने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डारण र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युत सेवा आदिबाहेक अन्य सबै सेवा-स्थलहरूमा कर्फ्यू लगाइएको जनाएको छ।

यसको उलंघन गरिएमा कानुनअनुसार कारबाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रशासनले भेला, सभा, सम्मेलन, सेमिनार, गोष्ठीलगायतका कार्यक्रम र भीडभाड नगर्न-नगराउन समेत अनुरोध गरेको छ।

नेपालमा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेपछि देशभर सतर्कता अपनाउन थालिएको हो। यसका लागि भारत र चीनसँगका नाका बन्द गरिएको छ भने हवाईसेवा बन्द गरिएको छ। त्यस्तै, लामो दूरीका यातायातका साधन सञ्चालनमा पनि रोक लगाइउको छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE