शुक्रबार, असार २६, २०७७
Friday, July 10, 2020

नेपालमा कोरोना टेस्ट : क्षमता ९ सय, परीक्षण ६० मात्रै

धनगढी, १३ चैत्र : कोरोना भाइरसको संक्रमणबाट जोगाउन सरकारले सतर्कता अपनाएको भएपनि परीक्षण भने क्षमताअनुसार, हुन सकेको छैन। जसले गर्दा संक्रमणको जोखिम कम नभएको विज्ञहरु बताउँछन्।

नेपालमा कोरोना भाइरसको परीक्षण गर्ने एउटा मात्रै ठाउँ छ, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला। टेकुस्थित प्रयोगशलामा क्षमताअनुसार, परीक्षण भइरहेको छैन।

प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताका पनि अहिलेसम्म क्षमता अनुसार परिक्षण नभएको स्वीकार्छन्। दैनिक नौ सय जनाको परिक्षण गर्ने क्षमता छ, तर अहिले दैनिक ५० देखि ६० जनाको मात्र परिक्षण भइरहेको छ।

अहिले शंकास्पद व्यक्तिको मात्रै परिक्षण भइरहेको छ। अन्य व्यक्तिको परिक्षण हुन सकेको छैन। ुजति मानिस परिक्षणका लागि आउँछन्, उनीहरुको मात्र परिक्षण गरिरहेका छौँ,ु उनले भने।

बुधबारसम्म ६ सय ९० जनामा मात्रै कोरोना भाइरसको परिक्षण भएको छ। जसमा तीन जनामा मात्रै कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको प्रयोगशाला निर्देशक डा।रुना झाले बताइन्। परीक्षणको दर बढाउनु पर्ने उनको भनाइ छ।

विश्व स्वास्थ्य संगठनले पनि परिक्षणमा जोड दिन आग्रह गरेको छ। जति धेरै परिक्षण गर्नसकियो, त्यतिधेरै कोरोना भाइरसको संक्रमणबाट बच्न सकिने संगठनको भनाइ छ।

नेपालमा पनि कोरोना भाइरसको परिक्षण बढाउन आग्रह गरेको छ। विज्ञहरुले पनि परिक्षण बढाउनु पर्नेमा जोड दिएका छन्। कोरोना भाइरसको परिक्षण तिव्रता दिन नसके भयावह रुप लिनसक्ने विज्ञहरुको भनाइ छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE