सोमवार, असार २२, २०७७
Monday, July 6, 2020

कोरोना संक्रमित युवतीसँगै आएका धनगढीका युवक आइसोलेसनमा

धनगढी,१३ चैत्र : कोरोना संक्रमित युवती आएकै विमानमार्फत नेपाल आएका धनगढीका एक युवक र उनका भाइलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ।

दाजुभाइको प्रारम्भिक स्वास्थ्य परीक्षणपछि आइसोलेनमा राखिएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा.जगदीश जोशीले जानकारी दिए । जोशीका अनुसार, उनको नमूना संकलन गरेर काठमाडौं पठाउने तयारी गरिएको छ ।

उनी चैत ४ गते फ्रान्सबाट कतारवेजमा नेपाल आएका थिए ।

उनी आएको जहाजबाटै नेपाल आएकी युवतीमा कोरोनाको संक्रमण भेटिएपछि सो जहाजबाट नेपाल आएका सम्पूर्ण यात्रुको खोजी भइरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE