बिहिबार, अशोज ८, २०७७
Thursday, September 24, 2020

कर्णाली प्रदेशका गाउँगाउँमा प्रहरी र स्वास्थ्यकर्मी परिचालन

भीम बहादुर परियार सुर्खेत, १३ चैत्र : कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम तथा प्रतिकार्यमा तिब्रता दिएसंगै कर्णाली प्रदेश अन्र्तगतका स्थानिय तहका सरकारहरू पनि लकडाउनको अबस्थालाइ थप प्रभावकारी बनाउन प्रहरीसंगै गाउँगाउँमा स्वास्थ्यकर्मी परिचालन गरेका छन ।

कोरोना भाईरस रोकथाम तथा प्रतिकार्यलाइ गाउँगाउँसम्म पुर्याउन स्वास्थ्यकर्मी तथा प्रहरीले सन्देशमुलक सुचना,घरबाट बाहिर ननिस्कन र अत्यावश्यक कामले निस्कनु परेमा दुई जना भन्दा बढि ननिस्कन भनिएको छ।

यसैगरी सल्यानको छत्रेश्वरी गाउँपालिका २ नं.वडा कार्यालयले पनि कोरोना भाईरस रोकथाम तथा प्रतिकार्यलाइ थप प्रभावकारी वनाउन तथा बैदेशिक रोजगारवाट अएकाहरुको लगत संकलनमा ध्यान दिएको छ। सामुदायीक स्वास्थ्य इकाइ छत्रेश्वरी, २ नं. वडा कार्यालय, इलाका प्रहरी कार्यालय दमाचोरको संयुक्त आयोजनामा कोभिड-१९ रोकथामको लागी २ नं वडाका टोलटोलमा जनचेतनामुलक सुचना मार्फत नागिरकलाइ सचेत गरेको सामुदायिक स्वास्थ्यचौकी ईन्चार्ज चुडामणी बस्नेतले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE