शनिबार, अशोज १०, २०७७
Saturday, September 26, 2020

कोरोना भाइरससँग सम्बन्धित थाहा पाउनुपर्ने शब्दका अर्थ

धनगढी, १४ चैत्र : केही साताको अवधिमा सारा विश्वले कोरोना भाइरसको शब्दकोश महारथ हासिल गर्नुपरेको छ। आइसोलेसन, सोसल डिस्ट्यान्सिङ, एपिडेमिक, प्यानडेमिकदेखि कोभिड १९ सबैको अर्थ बुझ्नुपरेको छ।

अल्मलिनु भएको छ भने धन्दा नमान्नुहोस्। कोरोना भाइरस विश्वव्याधिसम्बन्धी थाहा पाउनुपर्ने केही शब्दका अर्थ यहाँ दिइएका छन्।

कोरोना भाइरस

एक्कासी आएजस्तो देखिए पनि कोरोना भाइरस नयाँ होइन। विश्व स्वास्थ्य संगठनले जनाए अनुसार कोरोना भाइरस सामान्य रूघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम (मर्स) र सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) जस्ता गम्भीर रोग निम्त्याउने भाइरसको प्रजातिमध्ये एक हो। कोरोना भाइरस “जुनोटिक” अर्थात् पशुबाट व्यक्तिमा सर्ने संगठनले जनाएको छ। सार्स बिरालोबाट र मर्स ऊँटबारे सरेको संगठनले बताएको छ।

कोभिड १९

विश्व स्वास्थ्य संगठनले बताए अनुसार हालै पत्ता लागेको कोरोना भाइरसले निम्त्याएको सरूवा रोगलाई कोभिड १९ भनिएको हो। यसको प्राविधिक नाम सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम कोरोना भाइरस-१ वा सार्स कोभ-२ हो।

एपिडेमिक (महामारी)

रोगले साबिकका सीमा पार गर्ने र विभिन्न स्थानमा संक्रमण दर आकाशिएमा महामारी उत्पन्न हुन्छ। सन् २०१७ मा जाइका र सन् २०१४ देखि २०१६ सम्म इबोला महामारी भएको थियो।

प्यान्डेमिक (महाव्याधि)

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई मार्चमा विश्वव्यापी महाव्याधि घोषणा गर्‍यो। यसले नयाँ वर्ग सिर्जना भयो। व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता नभएको बेला नयाँ रोग लाग्ने र एकै समयमा धेरै देशमा फैलिए संगठनले यो शब्द प्रयोग गर्दछ।

फ्ल्याटन द कर्भ (Flatten the curve)

यो वाक्यांश इन्टरनेटमा निकै चलेको छ। लाइभसाइन्स भन्छ,“यसल एउटा निश्चित समयावधिमा कोभिड १९ बाट संक्रमित हुने व्यक्तिहरूको अनुमानित संख्यालाई बुझाउँछ।” कुनै हस्तक्षेप नगरे भाइरसबाट संक्रमित व्यक्तिको संख्याको वृत्त आकाशिन सक्छ वा छोटो र लामो समयसम्म रहनसक्छ। हात धुने, सामाजिक भेला सीमित राख्ने र बिरामी जनसंख्यालाई आइसोलेनस अर्थात् एकान्तबासमा राख्नेजस्ता हस्तक्षेपमार्फत यस्तो हुनसक्ने विशेषज्ञहरूले आशा गरेका छन्।

आइसोलेसन (एकान्तबास)

कोरोना भाइरस निरन्तर फैलिरहेको बेला स्थानीय, संघीय र विश्वका सरकारी अधिकारीले दूरीका विभिन्न तह अभ्यास गर्न आग्रह गरिरहेका छन्। पहिलो आइसोलेसन अर्थात् एकान्तबास हो। अमेरिकाको डिपार्टमेन्ट अफ हेल्थ एन्ड ह्युमन सर्भिसेस (एचएसएस) अनुसार सरूवा रोग लागेका बिरामीलाई स्वस्थ व्यक्तिबाट बेग्लै राख्नु नै आइसोलेसन हो। यसो गरे बिरामी यताउता जान पाउँदैनन्। यसले रोग विशेष विशेष फैलिनबाट रोक्न सहयोग पुग्छ। क्षयरोगजस्ता सरूवा रोगका बिरामीलाई अस्पतालले आइसोलेसनको प्रयोग गर्दछ। कोरोनाभाइरस संक्रमितलाई अन्य व्यक्तिबाट टाढा रहने र निश्चित स्थानबाट बाहिर नजाने सुझाव दिइन्छ।

सेल्फ आइसोलेसन (स्वयं एकान्तबास)

अहिले धेरै जना सेल्फ आइसोलेसनमा बसेका छन्। यो पूर्णतया स्वेच्छिक एकान्तबास हो। कसैलाई आफू बिरामी भएको विश्वास भए वा भाइरस सर्ने जोखिम कम गर्नलाई यस्तो गरिन्छ।

क्वारेन्टाइन

सरूवा रोगको जोखिममा भएका स्वस्थ व्यक्तिलाई बेग्लै राख्ने र आउजाउ नियन्त्रण गरेर उनीहरू बिरामी हुन्छन् वा हुँदैनन् भनेर हेर्न एचएसएसले क्वारेन्टाइन प्रयोग गर्दछ। उनीहरूलाई थाहा नहुनसक्छ वा रोग लागेको भए पनि लक्षण नदेखिएको हुनसक्छ। क्वारेन्टाइनले सरूवा रोग सीमित राख्नसक्छ। उदाहरणका लागि विदेशबाट फर्किएका व्यक्तिलाई १४ दिनसम्म क्वारेन्टाइनमा बस्न लगाइनेछ। त्यस्ता व्यक्तिले अन्यलाई भाइरस नसारून् भनेर यस्तो गरिन्छ।

सेल्फ क्वारेन्टाइन

सेल्फ आइसोलेसनजस्तै सेल्फ क्वारेन्टाइन पनि पूर्णतया स्वेच्छिक हो।

शेल्टर इन प्लेस

क्यालिफोर्निया लगायत सान फ्रान्सिस्कोमा कोरोनाभाइरस फैलिन नदिन थुप्रै सातासम्म “शेल्टर इन प्लेस” को निर्देशन जारी गरियो। यो भनेको के होला? खासमा, अत्यावश्यक नभएसम्म घरबाट पटक्कै बाहिर ननिस्किनुलाई यस्तो भनिन्छ। दैनिक उपभोग्य वस्तु किनमेल, डाक्टर कहाँ जाने, औषधि लिने र आकस्मिक सेवाका लागि पशु चिकित्सक कहाँ जान भने पाइन्छ।

सेफर एट होम (घरमै सुरक्षित)

मार्चको अन्त्यतिर लस एञ्जलिसले आफ्नै शब्द निकाल्यो   सेफर एट होम। शेल्टर इन प्लेसभन्दा यो शब्द र यसको म्यान्डेट केही लचिलो छ। यद्यपि मेयर एरिक गार्चेट्टीले सेफर एट होम पनि शेल्टर इन प्लेसजस्तै भएको बताए। “हामी सबै जना घरमै सुरक्षित छौं। घरमै बस्ने, स्वच्छतामा विशेष ध्यान दिने र सुरक्षित सामाजिक दूरी अभ्यास गर्ने आफूलाई, आफ्नो प्रियजनलाई र समुदायका सबै जनालाई सुरक्षित राख्ने सबैभन्दा प्रभावकारी उपाय हुन्,” गार्चेट्टीले भने।

यसको अर्थ दैनिक उपभोग्य सामग्री किन्न, हिँडडुल गर्न, कसरत गर्नु र खान लिनलाई रेस्टुरेन्ट जान पाइन्छ। यद्यपि आवश्यक नभए साथीभाइ र परिवार भेट्न वा अस्पतालमा प्रियजन भेट्न जान हुँदैन। अन्य व्यक्तिसँग ६ फुटको दूरी राख्नुपर्छ।

सोसल डिस्ट्यान्सिङ (सामाजिक दूरी)

जोन होप्किन्स विश्वविद्यालयका अनुसार योजनाहरू रद्द गर्ने, विद्यालय बन्द गर्ने, घरबाटै काम गर्ने र ठूला भेला स्थगन गर्नु नै सामाजिक दूरी हो।
जोन होप्किन्सका विशेषज्ञहरू भन्छन्,“यस्ता योजना र भेलाहरू रोके वा रद्द गरे रोग फैलिने क्रम रोकिने वा स्थगित हुनेछ। यसले स्वास्थ्य स्याहार प्रणालीलाई बिरामीको राम्रो स्याहार गर्ने समय मिल्छ।” बाहिर जानै परे आफू र अन्यबीच ६ फुटको दूरी कायम राख्नुपर्ने सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले जनाएको छ। किनभने तपाईंको वा तपाईंको प्रियजनको जीवन त्यसैमा अडिएको हुनसक्छ।

ट्राभल एन्ड लिजर डटकमबाट साभार

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE