मङ्लबार, अशोज ६, २०७७
Tuesday, September 22, 2020

भोलिदेखि खाद्यान्न पसल खुला हुने

धनगढी, १४ चैत्र : कोरोना भाईरसको जोखिमका कारण गरिएको लकडाउनमा सम्पुर्ण पसल बन्द भएका भएपनि भोलिदेखि भने खाद्यान्न पदार्थका पसल खुला हुने भएका छन । मंगलबार देखि सुरु भएको लकडाउनको चौथो दिन जिल्ला प्रशासन कार्यालयमा शुक्रवार बसेको बैठकले भने दैनिक उपभोग्य सामाग्री प्राप्त हुने पसलहरु खुल्ला गर्ने निर्णण गरेको छ ।

जिल्लामा आपुर्ती व्यवस्थापन गर्नको लागि सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको संयोजकत्वमा १२ सदस्यीय समिति समेत गठन गरिएको छ ।

बैठकले अत्यावश्यक समानहरु जस्तै दैनिक उपभोग्य वस्तु विक्रि गर्ने पसलहरु खुल्ला रहने निर्णय गरेको छ । किराना पसल, तरकारी, मासु, औषधी, ग्यास लगायतका अत्यावश्यक समानहरु उपलब्ध गराउने पसलहरु निर्वाध रुपमा संञ्चालन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

अब भोलिदेखि अत्यावश्यक समानहरु जस्तै दैनिक उपभोग्य वस्तु विक्रि गर्ने किराना पसल, तरकारी, मासु, औषधी, ग्यास लगायतका अत्यावश्यक समानहरु उपलब्ध गराउने पसलहरु निर्वाध रुपमा संञ्चालन हुने छन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE