मङ्लबार, अशोज ६, २०७७
Tuesday, September 22, 2020

सल्यानका सबै वडामा घरदैलो अभियान

भीम बहादुर परियार सल्यान, १५ चैत्र : सिद्ध कुमाख गाउँपालिकाले कोरोना भाइरस रोकथाम तथा सचेतनाको लागि वडा अध्यक्षको नेतृत्वमा घरदैलो अभियान सञ्चालन गरेको छ ।  बिश्वब्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना (कोभिड -१९) को रोकथाम तथा सचेतनाको लागि गाउँपालिकाका छ वटै वडामा गत बुधबारदेखि घरदैलो अभियान संञ्चालन गरेको १ नम्बर वडा अध्यक्ष राम बहादुर बस्नेतले जानकारी दिएका छन् ।

नेपाल सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि लकडाउन गरे लगत्तै सरकारको निर्णयलाई प्रभावकारी बनाउने भन्दै अनुगमनलाई निरन्तरता दिएको वडा अध्यक्ष बस्नेतले बताए । लकडाउनको अबस्थामा सिद्ध कुमाख गाउँपालिकाका प्रमुख बजार क्षेत्र ढोरचौर,चाक्खलीघाट,पटारे मोख्ला वजार क्षेत्र सुनसान छन्।

साथै वडा नं १ ले थप लकडाउनको अबस्थामा प्रभावकारी बनाउन वडा अध्यक्ष राम बहादुर बस्नेतको नेतृत्वमा वडा नं १ का वजार क्षेत्रमा अनुगमन गर्न वडा समितिको,बाँझकाँडा स्वास्थ्य चौकीको टिम र नेपाल प्रहरीको टोलि सहित टोलीले चाख्लिघाट वजार, मोखला वजार र पटारे वजार लगाएत अन्य टोलहरुको अनुगमन गरिएको छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE