शनिबार, अशोज ३, २०७७
Saturday, September 19, 2020

मृतक नेपालीको दाहसंस्कार गरियो

भीम बहादुर परियार सल्यान, १५ चैत्र : दाङ  तुलसीपुर उपमहानगरपालिका ४ बस्ने गाडी सहचालक सुजन नेपालीको आज दाङको गोटीखोलामा दाहसंस्कार गरिएको छ।  गत बुधबार सल्यानको शारदा नगरपालिका ८ काटिगाउँबाट दुलधारा पोखरा जाँदै गरेको ना ३ ख ७९७५ नम्बरको बस मार्केको काटीगाउँ नजिक दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाईते नेपालीको उपचारका लागि नेपालगंञ्ज लग्दै गर्दा बाटोमै मृत्यु भएको थियो । मृतक नेपालीको पारिवारिक अबस्थामा निकै दयनिय भएका कारण उनका बुवा रोजगारको लागि मलेसियामा रहेका छन् । नेपाल सरकारले कोरोना भाइरस रोकथामका लागि लकडाउन गरेकाले मृतक परिवार राहत पाउनबाट बंचित रहेका थिए ।

जिल्ला प्रहरीले कार्यालयले गाडी मालिकलाई नियन्त्रणमा लिई अनुसन्धान गरि रहेको थियो तर लकडाउनको अबस्थालाई मध्येनजर गर्दै मृतक परिवारलाई तत्काल किरीया खर्च बाफत राहत रकम दिने सहमति भयपछि गाडी मालिकलाई प्रहरीले लकडाउनको अबधीसम्म थुनामुक्त गरेको प्रहरीले जनाएको छ ।

घाईते हुनेमा शारदा नगरपालिका ८ बस्ने अन्दाजी २६ वर्षिय सुरेन्द्र सिजुवाल, शोही ठाउँ बस्ने २८ वर्षिय थमन चलाउने, शारदा नगरपालिका ५ को २७ वर्षिय खेमराज बुढाथोकीको जिल्ला अस्पताल सल्यानमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE