शनिबार, अशोज ३, २०७७
Saturday, September 19, 2020

स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको जहाज चीन उड्यो

धनगढी, १५ चैत्र : कोरोनाभाइरस परिक्षण तथा रोकथामसँग सम्बन्धित स्वास्थ्य  सामग्री लिन नेपाल एयरलाइन्सको जहाज चीन उडेको छ । ए ३३० वाइडबडी जहाज चीनको ग्वाङ्झाउका लागि उडेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अपरान्ह साढे १२ बजे उडेको जहाज आजै राति काठमाडौं आइपुग्ने नेपाल एयरलाइन्सले जनाएको छ ।

यसबाहेक नेपाल एयरलाइन्सले चीनमा थप ३ कार्गो उडान गर्नेछ । जहाजमा ४ जना पाइलट, २ जना इन्जिनियर, लोडमास्टरसहित कुल १० जना रहेका छन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE