सोमवार, असार २२, २०७७
Monday, July 6, 2020

सिदार्थ बैंकले ग¥यो १० लाख सहयोग

धनगढी, १५ चैत्र : सिदार्थ बैंकले सुदूरपश्चिम प्रदेशमा कोरोनाभाइरस नियन्त्रणका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख पवनचन्द्र अधिकारी र धनगढी शाखाका शाखा प्रमुख नितेश श्रेष्ठले उक्त रकमको चेक आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई हस्तान्तरण गरेका हुन् ।

विश्वव्यापी फैलिएको कोरोना भाइरस नियन्त्रणमा सरकारसँग हातेमालो गर्न बैंक तयार रहेको जनाउदै सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख अधिकारीले देशका सातै प्रदेशमा कोरोना भाइरस नियन्त्रणमा १०/१० लाख रकम दिने बैंकको केन्द्रीय निर्णय अनुसार रकम हस्तान्तरण गरिएको बताए । मुख्यमन्त्री भट्टले निजी क्षेत्रवाट रकम सहयोग गर्ने पहिलो संंस्था भएको जानकारी दिदै धन्यवाद व्यक्त गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE