शुक्रबार, असार २६, २०७७
Friday, July 10, 2020

कोरोनाभाइरस विरुद्ध सचेतना जगाउँदै कट्‍‍वाल

पर्वत, १६ चैत्र : पर्वतको जलजला गाउँपालिका–७ धाइरिङका ५१ वर्षीय गोरे नेपाली यतिवेला कोरोनाभाइरस विरुद्ध सचेतना जगाउन कर्नाल बजाउँदै गाउँका डाँडाकाँडा पुग्ने गरेका छन् ।

जलजला गाउँपालिका ७ नं.वडा कार्यालयले नेपालीलाई कोरोनाभाइरस विरुद्ध सचेतना जगाउने कामको जिम्मा दिएपछि उनी आफ्नो पेसा अंगाल्दै सूचना दिने कार्यमा लागेका हुन् । जलजला गाउँपालिकाले विश्वभर महामारीको रुपमा फैलिइ रहेको कोरोनाभाइरसबाट गाउँपालिकावासीलाई सुरक्षित राख्न कट्वाल मार्फत गाउँगाउँमा नियमित घोक हाल्ने अभियान सञ्चालन गरेपछि गोरे नेपालीले उक्त कामको जिम्मेवारी पाएका हुन् ।

यसरी गाउँलाई कट्वाल लगाएर घोक हालेर सूचना प्रवाह गरेबापत नेपालीलाई वडा कार्यालयले मासिक तीन हजार रुपैयाँ तलब दिने गरेको छ । अघिल्लो वर्षसम्म बालीघरे प्रथाबाटै पेसा सञ्चालन गर्दै आएका गोरेलाई यस वर्षबाट भने तलबमा काम गर्ने अवसर मिलेको हो ।

‘अघिल्लो वर्षसम्म घरघरमा अन्न उठाउन डुल्नुपर्थ्यो,’ उनले भने, ‘अहिले भने वडा कार्यालयले तलबनै दिने गरेको छ ।’

गाउँमा सूचनाको सहज पहुँच नपुगेको र गाउँवासीले कट्वालकै विश्वास बढी गर्ने भएकाले कट्वाल मार्फत सचेतना अभियान सञ्चालन गरिएको वडाध्यक्ष टुंगनाथ शर्माले बताए । ‘गाउँले भेला गर्ने समयमा होस् या कुनै सार्वजनिक सूचना दिनुपर्ने समयमा होस् हाम्रो विश्वासिलो माध्यम कट्वालनै हो,’ उनले बताए । यतिवेला गोरे नेपालीले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, विनाकाम एक–अर्काको घरमा नजान र भिडभाड हुने ठाउँमा नजान आग्रह गरेका सूचना प्रवाह गरिरहेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE