शुक्रबार, अशोज ९, २०७७
Friday, September 25, 2020

एकैघरका पाँच जनामा कोरोना संक्रमणको आशंका

भीम बहादुर परियार सल्यान, १७ चैत्र : सल्यानको बनगाड कुपिण्डे नगरपालिका-१२ निगालचुला माझखर्कमा एकैघरका पाँच जनामा कोरोनाभाइरससंग मिल्दोजुल्दो लक्षण देखापरेपछि उपचारका लागि अस्पताल ल्याउन लागिएको छ । भारतमा मजदुरी गरेर गत चैत १० गते घर फर्किएका ३६ बर्षिय पुरुषलाई घर आएपछि ज्वरो आउने,टाउको दुख्ने र खोकी लाग्न शुरु गरेको थियो ।

उनलाई ज्वरो सन्चो हुनुको साटो घरमा रहेका २७ बर्षिया श्रीमती, ११ बर्षिया छोरी, ८ बर्षिय र ५ बर्षिय छोरालाई समेत ज्वारो आउन थालेपछि आइतबार राती सल्यान अस्पतालमा पठाइएको बनगाड कुपिण्डे -१२ का वडाध्यक्ष गोविन्द डाँगीले जानकारी दिए ।

निगालचुलामा रहेको स्वास्थ्य चौकीमा ज्वरो जाँच गराउन आउदा कोरोना भाइरसको आशंका भएपछि उपकरणको अभावमा जाँच गर्न नसकिएको निगालचुला स्वास्थ्यचौकी प्रमुख विरेन्द्र केसीले बताए । “उहाँ भारतबाट आएपछि ज्वरो आउने टाउको दुख्ने खोकी लाग्ने शुरु भएको जानकारी भएको थियो तर हाम्रो स्वास्थ्य चौकीमा उपकरणको नाममा मास्क समेत छैन उहाँलाई औषधी दिएपनि ज्वरो नाप्न सकिएको थिएन,” स्वास्थ्यचौकी प्रमुख केसीले बताए ।

बिरामीहरुलाई अस्पताल पुर्याउनका लागि दिनभरको प्रयासपछि श्रीनगरमा रहेको अधिकारी पोलि क्लिनिकको गाडी मार्फत अस्पतालमा पठाईएको वडाध्यक्ष डाँगीले बताए । जिल्ला अस्पतालमा आजमात्रै कोरोना भाइरस सम्वन्धी स्वास्थ्य सामाग्री कर्णाली प्रदेश सरकारबाट प्राप्त भएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE