शुक्रबार, असार २६, २०७७
Friday, July 10, 2020

चीनबाट ल्याएको स्वास्थ्य सामग्री धनगढी आइपुग्यो

धनगढी,१७ चैत्र : कोरोनाको उपचारको लागि चाहिने चीनबाट ल्याएको स्वास्थ्य सामग्री धनगढी पुगेको छ । यसअघि उक्त स्वास्थ्य सामग्री बोकेर धनगढीका उडेको स्काई ट्रकमा क्लोरिनको पिरो राग आएपछि फिर्ता गरिएको थियो ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसर क्लोरिन झिकेर स्काई ट्रकहरू धनगढी पुनस् पठाइएको हो । स्काई ट्रकमा कोरोना भाइरसको परीक्षण र उपचारमा चाहिने सुरक्षा उपकरण तथा अत्यावश्यक स्वास्थ्य सामग्री पठाइएको छ ।

हिजो मात्रै ती सामान नेपाल एयरलाइन्सको विमानमार्फत चीनबाट ल्याइएको थियो । यसैगरी प्रदेश १ राजधानी विराटनगरका लागि सामान लोड गरेको अर्को स्काई ट्रक पनि रोकिएको थियो ।

चीनबाट पाँच थान पीसीआर मेसिन ल्याइएको छ । त्यसका लागि आवश्यक किट २० हजार थान ल्याइएको छ । भाइरस सङ्क्रमण, रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समिति बैठकले हाल चार प्रदेशमा १/१ थान पठाउने निर्णय गरेको थियो ।

मागलाई ध्यानमा राखेर बैठकले प्रदेश दुई, प्रदेश पाँच (नेपालगञ्ज वा बुटवलमा रहनेगरी) कर्णाली प्रदेश (सुर्खेतमा रहनेगरी), सुदूरपश्चिम प्रदेशमा गरि १–१ थानका दरले चार थान तत्काल पठाइहाल्ने निर्णय गरेको थियो । बाँकी एउटा काठमाडौंमा राख्ने र जहाँ आवश्यक पर्न सक्छ पठाउने निर्णय भए थियो । अरू सर्जिकल मास्क, पञ्जा, क्लोरिन, थर्मल गन पीआईआर लगायतका सामान ल्याइएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE