शनिबार, अशोज १०, २०७७
Saturday, September 26, 2020

कैलारी गाउँपालिकाले राहत दिने

धनगढी, १८ चैत्र : कैलारी गाउँपालिकाले गाउँपालिकाबासी विपन्न परिवारलाई राहत दिने भएको छ । राहत स्वरुप खाद्यान्न सहयोगको लागि लगत लिईरहेको छ । बिश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनका कारण दैनिक मजदुरी गरेर गुजारा गर्ने परिवारलाई समस्या भएपछि गाउँपालिकाले खाद्यान्न सहयोग गर्ने निर्णय गरेको हो ।

गाउँ घरमा एकातिर कोरोना भाइरसको त्रास र अर्कोतिर काम गर्न नपाएका कारण विपन्न परिवारलाई दुई छाक टार्न समस्या हुँदा गाउँपालिकाले खाद्यन्न वितरण गर्ने निर्णय गरेको कैलारी गाउँपलिकाका अध्यक्ष लाजुराम चौधरीले बताए ।

‘थप समस्या भोग्न नपरोस र केहि दिनलाई राहत होस भनेर गाउँपालिकाको कार्यालयले खाद्यान्न सहयोग गर्ने निर्णय गरेको हो’, उनले भने । ‘हामी लागत लिईरहेका छौं, सकेसम्म चाँडै उनीहरुलाई खाद्यान्न वितरण गर्छौ ।’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE