शनिबार, अशोज ३, २०७७
Saturday, September 19, 2020

कृषि सहकारीले बाड्यो साबुन र मास्क

धनगढी, १८ चैत्र : कोरोना भाइरस (कोभिड (१९) नियन्त्रण तथा रोकथामका लागि परिश्रम कृषि सहकारी संस्थाले साबुन र मास्क वितरण गरेको छ । कैलारी गाउँपालिका वडा नं. ९ स्थित कृषि सहकारीले वडा अन्र्तगतका १२ सय घरधुरीलाई साबुन र मास्क वितरण गरेको हो ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि १ लाख बढी रकमको स्थानीयहरुलाई साबुन र मास्क वितरण गरेको सहकारीका अध्यक्ष रामसमझ चौधरीले बताए ।

(कोभिड (१९) को सम्भावित संक्रमण फैल्न नदिन तथा रोकथामका लागि एक मात्र उपाय साबुन पानीले हात धुनु र मास्क लगाउनु पर्ने भएकोले सचेतनामूलक सन्देशका लागि साबुन र मास्क वितरण गरेको अध्यक्ष चौधरीले बताए ।

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE