बिहिबार, साउन १, २०७७
Thursday, July 16, 2020

लकडाउनमा रहरले होइन,करले काम गरिरहेका छौं

मिलन परियार धनगढी, १९ चैत्र : कोरोना भाइरसको महामारीले बिश्व त्रसित बनेको छ । बिश्वभर मृत्यु हुनेको संख्या ४२ हजार १ सय ७ पुगेको छ । ८ लाख ५६ हजार ९ सय १० जनामा भाइरस संक्रमणको पुष्टि भएको छ । ठूलो संख्यामा संक्रमितहरु उपचारपछि निको समेत भएका छन् ।

छिमेकी देश भारतमा पनि मृत्यु हुनेको संख्या ३५ पुगेको छ । संक्रमित हुनेको संख्या आज बिहानसम्म एक हजार ६ सय १८ पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेपालमा पनि पाँच जनामा संक्रमण पुष्टी भइसकेको छ ।

बिश्वभर महामारीको रुप लिएको कोरोना भाईरस नियन्त्रण गर्न नेपाल सरकारले पहिलो चरणमै एक मात्र विकल्पको रुपमा चिनियाँ मोडल अपनाउदै आगामी २५ गतेसम्मका लागी लकडाउन गरेको छ ।

लकडाउनले दैनिक मजदुरी गरी खानेहरुको रोजगार गुमेको छ । लकडाउनले मजदुरहरुलाई लाई निकै अप्ठेरो पारेको छ । कतिपय मजदुरहरुले लकडाउनका बेलामा पनि घर बाहिर निस्केर काम गरे । बाहिर निस्कनु उनीहरुको बाध्यता हो । निजी क्षेत्रमा काम गर्ने मजदुरहरु लकडाउनको मारमा परेका छन् ।

निजी काममा खटिएका मजदुरहरु केही बाहेकले सामान्य मास्कसमेत नलगाई काम गरेको देखियो । उनिहरुसंगै उनिहरुका नाबालक छोराछोरीहरु पनि काममा सघाइ रहेका थिए ।

धनगढी उप महानगरपालिका २ बैयाबेहडीस्थित ईटा भट्टाको काममा व्यस्त कैलाली भजनीका रामु चौधरी दम्पती आफूलाई कोरोना भाइरस बारेमा जानकारी भए पनि पेट पाल्न काम गरिरहेको बताउँछन् । उनी भन्छन्, ‘काम नगरे खान पाइँदैन, भट्टा मालिकले पनि काममा नआउनु भनेनन् । काममा आयौ, काम गरिरहेका छौ ।

जोखिम मोलेर काम गरिहेका राजु चौधरी दम्पती पनि मास्कविनै भेटिए । ‘काम गरेन भने त खानै पाइँदैन । हामी रहरले होइन, बाध्यताले काममा आएका छौं ।’ मायाराम चौधरीको न्यू नेपाल ईटा भट्टामा १० दम्पती विगत बर्षदेखी काम गर्दै आएका छन् ।

एक हजार ईटा बनाए बाफत उनीहरुले एक हजार एक सय रुपैयाँ पारिश्रमिक पाउने गर्छन् । ३ जना दिनभर काम गरेर २५ सय ईटा तयार हुने उनीहरु बताउछन् । सो बाफत दिनको २७ सय ५० रुपैयाँ आम्दानी हुन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE