शनिबार, अशोज १०, २०७७
Saturday, September 26, 2020

लकडाउनमा काठ तस्करी बढ्यो,प्रहरीद्धारा अबैध काठ बरामद

पदम सुनार पुनर्वास, २१ चैत्र : कञ्चनपुरको पुनर्वास नगरपालिका-९ जनजागरण सामुदायिक वनमा काठ चोरी निकासी बढेको छ । देशैभर कोरोनाभाइरस संक्रमण रोक्न लकडाउन गरिएको मौकामा अबैध काठ चोरी निकासी बढेको हो । उक्त सामुदायिक वनबाट चोरि निकासी गरिएको साल जातको गोलिया काठ ३६.३३ घन फिट ५ थान पुनर्वास न.पा.-९ का लाल बहादुर थापाको घरबाट आज बिहान ११ बजे बरामद गरिएको छ । लाल बहादुर थापा भने फरार रहेको त्रिभुवनबस्ती प्रहरीले जनाएको छ ।

लकडाउनको बेला काठ तस्करी हुन थालेको सुराकीको आधारमा सब डिभिजन वन कार्यालयले तस्करी रोक्न सक्रियता बढाएको थियो । लकडाउनका कारण सबै कार्यालयहरु बन्द भएको मौकाको फाईदा उठाउदै लालझाडि जंगलबाट अवैध काठ तस्करी हुन थालेपछि सब डिभिजन वन कार्यालय कुन्डाले गस्तीमा सक्रियता बढाएको हो ।

सब डिभिजन वन कार्यालय प्रमुख दिनेश कुमार यादवको नेतृत्वमा जनजागरण सामुदायिक वन ब्यबस्थापन समुह,त्रिभुवन बस्ती ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक वकिल बहादुर सिंहको विशेष सहयोगमा बरामद गरिएको हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE