बुधबार, अशोज ७, २०७७
Wednesday, September 23, 2020

कञ्चनपुरमा एक जनामा कोरोनाको संक्रमण भेटियो

कंचनपुर, २२ चैत्र : कंचनपुरमा थप नयाँ कोरोना भाइरस संक्रमित भेटिएका छन् । भारतको उत्तराखण्ड हुंदै कंचनपुर आएका एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

कंचनपुरमा क्वारेन्टाइनमा राखिएका उनको काठमाडौंमा परीक्षणका क्रममा पोजेटिभ देखिएको हो । संक्रमित सहित तीन जना भारतबाट लुकेर नेपाल प्रवेश गरेका थिए । सशस्त्र प्रहरीले पक्राउ गरेर क्वारेन्टाइनमा राखेको थियो । त्यसमध्ये दुई जना फरार छन् । खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या सात पुगेको छ । एक जना उपचारपछि घर फर्किएका छन् भने अन्य सबैको उपचार भइरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE