बुधबार, अशोज ७, २०७७
Wednesday, September 23, 2020

सुदूरपश्चिममा तीन जना कोरोना भाइरस संक्रमित भेटिए,संक्रमितको संख्या ९ पुग्यो

धनगढी, २२ चैत्र : नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप तीन जनामा कोरोना भाइरसको सक्रमण देखिएको पुष्टि गरेको हो ।

तीनै जना सुदूरपश्चिस प्रदेशका बासिन्दा हुन् । मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष, यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त कैलालीकै ३४ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको हो ।

पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअघि नेपालमा छ जनामा संक्रमण देखिएकोमा थपिएकासहित संक्रमित संख्या ९ पुगेको छ । एक जना भने संक्रमण मुक्त भएर घर फर्किसकेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE