सोमवार, असार २२, २०७७
Monday, July 6, 2020

थपिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य

धनगढी, २२ चैत्र : सुदूरपश्चिम प्रदेशमा भेटिएका तीन नयाँ कोरोना भाइरस संक्रमितको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। कोरोना भाइरस संक्रमितको अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालका डा.जगदीश जोशीले बताए।

आज एकै दिन तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । कैलालीका पहिलो कोरोना संक्रमित ३४ वर्षीया युवककी भाउजु, भारतको मुम्बईबाट फर्किएका २१ वर्षीय पुरुष र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो।

दुईजनाको पुरूषको नमूना क्वारेन्टाइनबाट र महिलाको नमूना सेती अस्पतालबाट सङ्कलन गरिएको डा.जोशीले जानकारी दिए। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार पुगेको छ।

स्केच तस्बिर अनलाइनखबरबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE