सोमवार, अशोज ५, २०७७
Monday, September 21, 2020

महाब्याधी बिरुद्ध लड्न गठित भट्टराई नेतृत्वको समितिमा प्रदिप परियार

धनगढी, २२ चैत्र : महाब्याधी विश्‍वभर फैलिएको र नेपालमा समेत बढेको सन्दर्भमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको संयोजकत्वमा कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहल गर्न समिति गठन गरिएको छ ।

समाजका सबै क्षेत्रका व्यक्तिहरूलाई प्रतिनिधित्व गराइएको समितिले महाव्याधीका कारण सिर्जित बहुआयामिक संकटलाई व्यवस्थित गर्न राज्यले चालिरहेको कदममा रचनात्मक सहयोग गर्ने जनाइएको छ । आमजनता र राज्यका निकायबीच सहजीकरणको भूमिका निर्वाह गर्ने उल्लेख गरिएको छ ।

को-को छन समितिमा

१७ जना रहेको केन्द्रीय संयोजन समितिमा संयोजक पूर्वप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य डा.बाबुराम भट्टराई रहेका छन् । त्यस्तै सदस्यहरुमा प्रतिनिधी सभा सदस्य प्रदीप गिरि,राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.स्वर्णिम वाग्ले, अर्थशास्त्री डा.कल्याणराज शर्मा,व्यवसायी कृष्ण आचार्य रहेका छन् ।

अन्य सदस्यहरुमा पूर्वसचिव जनकराज जोशी, प्रविधि विज्ञ डा.दोभान राई, विश्व आर्थिक मञ्चले 2020 को योङ्ग ग्लोवल लिडर्सको उपाधिद्वारा भर्खरै मात्र सम्मानित समता फाउण्डेसनका कार्यकारी अध्यक्ष सामाजिक अभियान्ता प्रदीप परियार, सामाजिक अभियान्ता ब्रबिम कुमार, अधिकारकर्मी लुना रञ्जित, चिकित्सक डा.लोचन कार्की, सुरेन्द्र यादव रहेका छन् ।

त्यस्तै, जनस्वास्थ्य विज्ञ डा.ल्हामो शेर्पा, शहरी शासन विज्ञ डा.सबिन निंगलेखु, सुरक्षा विज्ञ, सुरेन्द्र शाह र सञ्चार बिज्ञ विश्‍वदीप पाण्डे सदस्य रहेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE