मङ्लबार, अशोज ६, २०७७
Tuesday, September 22, 2020

कोरोना संक्रमण दुई सय आठ देशमा फैलियो,मृत्युको संख्या ६९ हजार बढी

धनगढी, २४ चैत्र : कोरोना भाइरसको सङ्क्रमण दुई सय आठ देशमा फैलिएको छ । दक्षिणी सुडान र सेन्ट पियरे मिकेलनमा एक–एक जनामा कोरोना पुष्टि भएपछि कोभिड १९ को सङ्क्रमण फैलिएको देशको सङ्ख्या दुई सय आठ पुगेको हो ।

कोरोना भाइरस फैलिँदा सङ्क्रमित हुनेको सङ्ख्या साढे १२ लाख नाघेको छ । अहिलेसम्म १२ लाख ७१ हजार आठ सय ७५ जनामा कोरोना पुष्टि भएकोमा दुई लाख ६१ हजार चार सय २४ जना उपचारपछि निको भएका छन् । सङ्क्रमितमध्ये ९ लाख ४१ हजार ४६ जनाको भने उपचार भइरहेको छ भने ६९ हजार चार सय पाँच जनाको ज्यान गएको छ । गएको २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा एक हजार जनाभन्दा धेरैको ज्यान गएको छ ।

अमेरिकामा मात्रै अहिलेसम्म कोरोनाका कारण साढे ९ हजारभन्दा धेरैको ज्यान गएको छ । ३ लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै इटलीमा साढे १५ हजारभन्दा धेरै, स्पेनमा साढे १२ हजारभन्दा धेरै, फ्रान्समा आठ हजारभन्दा धेरैको ज्यान गएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE