शनिबार, अशोज ३, २०७७
Saturday, September 19, 2020

कोरोना कहर : सार्क राष्ट्रमा एक सय ८५ को मृत्यु,आठ हजार ९१ संक्रमित

धनगढी, २४ चैत्र : कोरोना भाइरसको संक्रमणबाट सार्क राष्ट्रमामात्रै ज्यान गुमाउनेको संख्या एक सय ८५ पुगेको छ। आठ हजार ९१ संक्रमित छन् । नेपाली समय अनुसार सोमबार बिहान साढे ७ बजेसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय ८५ पुगेको हो।

सार्क देशहरुको तथ्यांक
छिमेकी राष्ट्र भारतमा एकै दिनमा १८ जनाको मुत्यु भएको छ। योसँगै भारतमा मुत्युको संख्या १ सय १७ पुगेको छ। भारतमा ४ हजार २ सय ८८ संक्रमित भएका छन्। ३ सय २८ जना निको भएर घर फर्किसकेका छन्।

पाकिस्तानमा ३ हजार १ सय ५७ जना संक्रमित भएका छन् भने ४७ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाइसकेका छन्। २ सय ११ जना निको भएर घर फर्किसकेका छन्।

अफ्गानिस्तानमा ३ सय ४९ जना संक्रमित भएका छन् भने ७ जनाको मुत्यु भइसको छ। १५ जना निको भएर घर फर्किसकेका छन्।

श्रीलंकामा १ सय ७६ जना संत्रमित भएका छन् भने ५ जनाको मुत्यु भइसको छ। ३३ जना निको भएर घर फर्किसकेका छन्।

बंगालादेशमा ८८ जना संक्रमित भएका छन् ९ जनाको मुत्यु भइसको छ। ३३ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

माल्दिभ्समा १९ जना संक्रमित भएका छन् भने १३ जना निको भएर घर फर्किसकेका छन्।

नेपालमा ९ जना संक्रमित भएका छन् भने एक जना निको भएर घर फर्किसकेका छन्।

भुटानमा ५ जना संक्रमित भएका छन् भने २ जना निको भएर घर फर्कसकेका छन्।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE