बिहिबार, साउन १, २०७७
Thursday, July 16, 2020

ढोरपाटन नगरपालिकाका ‘मनकारी मेयर’

धनगढी, २५ चैत्र : दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्नेहरुका लागि ‘मनकारी मेयर’ भनेर चिनिने बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले कोरोना भाईरसका कारण गरिएको लकडाउनका कारण मजदुरहरु भोकै बस्नु पर्ने अवस्था आउन नदिने बताएका छन् । ढोरपाटन नगरपालिकाका दैनिक मजदुरी गरेर खाने मजदुरहरु भोकै बस्नु पर्ने अबस्था सृजना भए व्यक्तिगत रुपमा ६ महिना पाल्ने घोषणा गरेका छन् ।

दलित र जनजातीहरुको बाहुल्यता रहेको ढोरपाटन विकट थलो हो । यहाँ दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउँनेहरु उल्लेख्य छन् । लकडाउनका कारण दैनिक रोजगारी गुमाएका मजदुरहरुलाई परिवार पाल्न मुस्किल परेको छ । नगर प्रमुख नेपालीले व्यक्तिगत रुपमा नगरपालिकाका सय जना मजदुरलाई एकएक बोरा चामल, दाल, तेल, नुन चिनी तरकारी वितरण गरेका छन् । नगरपालिकाको तर्फबाट थप राहत प्याकेजको घोषणा गरिने नगर प्रमुख नेपालीले बताए ।

आफुले कमाएको सम्पत्ती विपद्का बेला यसरीनै गरिब बर्गका लागि प्रयोग गर्दै आएको बताउने नगर प्रमुख नेपालीले विपद्का बेला मजदुरहरुलाई सहयोग गर्नु उपयुक्त हुने भएकाले मैले मेरो सम्पत्तीलाई निजी ठानेको छैन्’, उनको भनाई छ । नगर प्रमुख नेपालीले वुर्तिबाङ,पोखरा र काठमाडौमा रहेको आफ्नो घर भाडामा बस्नेहरु र गैरसरकारी संस्थालाई एक महिनाको हुन आउने ९ लाख ६५ हजार घरभाडा नलिने समेत बताए ।

आगामी दिनमा हुन सक्ने सम्भावित अभावलाई मध्यनजर गर्दै उनले ढोरपाटनका सम्पुर्ण ब्यापारीहरु मार्फत उनीहरुसंग भएका सम्पुर्ण खाद्यवस्तुहरु खरिद गरेर स्टक राखेका छन् । नगर प्रमुख नेपाली नगर प्रमुखले पाउने तलब सुबिधा नलिने जनप्रतिनिधीको रुपमा समेत चिनिन्छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE