शुक्रबार, असार २६, २०७७
Friday, July 10, 2020

थ्रेसरमा बेरिएर एक महिलाको मृत्यु

कंचनपुर, २६ चैत्र : थ्रेसरको पट्टामा बेरिएर शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरका २२ वर्षीया रेवती पाण्डेय जोशीको मृत्यु भएको छ। गहुँ थ्रेसिङ गरिरहेका बेला थ्रेसरको पट्टामा सल बेरिँदा जोशीको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई उपचारका लागि कैलालीको निसर्ग अस्पतालमा पुर्‍याइएको थियो।

त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बाँकेको कोहलपुर लगिँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रमुख इन्सपेक्टर धर्मेन्द्र रावलले बताए। मृतकको शव परीक्षणका लागि महाकाली अस्पताल लगिएको छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE