मङ्लबार, अशोज ६, २०७७
Tuesday, September 22, 2020

मुटु रोगी बालकको उपचारमा आर्थिक समस्या

धनगढी, २६ चैत्र : विश्वरभर महाब्याधीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रण गर्न सरकारले १७ दिन अघिदेखी देशभर लकडाउन घोषणा गरेको छ । अत्याबश्यक बाहेकका सबै सेवाहरु बन्द गरिएका छन् । यसै संकटको घडीमा डोटीका एक बालक भने धनगढीस्थित माया मेट्रो अस्पतालको १ नं. बेडमा मृत्युलाई जिति रहेका छन् । सकसपूर्ण अबस्थामा उनि उपचार अभावमा छटपटाई रहेका छन् ।

मुटु रोगबाट ग्रसित १० वर्षिय सुदिप नेपालीको उपचारमा आर्थिक समस्या देखिएको छ । जोरायल गाउँपालिका-४ काफलीका ३० बर्षिय मोहन नेपालीका छोरा सुदिपको आर्थिक अभावका कारण उपचारमा आर्थिक समस्या देखिएको हो ।

लामो समयदेखी मुटु रोगबाट ग्रसित उनको १० दिनदेखी धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको थियो । मुटुको भल्बमा गम्भिर समस्या परेको भन्दै थप उपचारका लागि माया मेट्रो अस्पतालले शहिद गंगालाल हृदय केन्द्र काठमाडौंमा रेफर गरेपछि उपचारका लागि समस्या परेको हो । आफुसंग भएजतीको सबै रकम उपचारमा खर्चिएको र थप उपचारका लागि समस्या परेपछि उनका बुवाले सहयोगको याचना गरेका छन् ।

मुटुमा प्वाल परेर भल्बमा समस्या देखिएपछि जति सक्दो चाडो शहिद गंगालाल हृदय केन्द्र जान भने पनि पिडित परिवारलाई आर्थिक समस्याले पिरोलेको छ । नेपालीका दुई छोरा र एक छोरी छन । माइला छोरा सुदिप ५ बर्षदेखी बिरामी थिए । गरिबीका कारण उनको उपचार गर्न नसकेको उनका बुवाले बताए । ‘आर्थिक अवस्था निकै कमजोर छ,यस्तो बन्दको बेला कसरी काठमाडौं जाने कसरी उपचार गर्ने सबैले मेरो छोरालाई बचाउनु पयो उनले बताए ।

सानैदेखी बिरामी थियो,बेलाबेलामा बिरामी हुन्थ्यो गाउँमै उपचार गरे सन्चो हुन्थ्यो आमा सिता नेपालीले भनिन् । अत्यधिक पेट दुख्ने,निरन्तर वान्ता गर्ने,सहन नसक्ने गरी रुने र छटपटाउन थालेपछि १० दिन अघि माया मेट्रो अस्पतालमा ल्याएको सिताले बताइन् । उनी गाउँकै श्री जगदम्बा आधारभुत बिद्यालयमा कक्षा ३ मा पढ्छन् । उनको बुवा गाउँमै कपडा सिलाउने व्यवसाय गर्छन् । सहयोग गर्न चाहनेहरुका लागी मोहन नेपालीलाई मोबाईल नं.९८६५६३३७९७ मा सम्पर्क गर्न सकिने छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE