शनिबार, अशोज १०, २०७७
Saturday, September 26, 2020

डोटीमा स्वाव संकलन सुरु 

नारद नेपाली डोटी, २७ चैत्र : जिल्लाका विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा राखिएका व्यक्तिको बुधबारबाट स्वाब संकलन सुरू गरिएको छ । जिल्लाका नौ वटै स्थानीय तहमा रहेका सबै क्वारेन्टाइनका ३ सय ५ जनाको स्वाब संकलन गरिने डोटीका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले जानकारी दिएका छन्।

भारत लगायत अन्य मुलुकवाट घर फर्केका व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ। जिल्लाका ६ वटा स्थानमा स्वाब संकलनको कार्य भइरहेको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ। जिल्लास्थित विभिन्न अस्पतालका स्वास्थ्यकर्मीको टोलीले स्वाब संकलन गरिरहेका छन्।

स्वाब परिक्षणका लागी आवश्यक गर्ने स्वास्थ्य सामग्री काठमाडौंबाट हेलिकोप्टर मार्फत ल्याइएको छ। स्वाब संकलन गरी काठमाडौं पठाइने र पठाएको दुई, तीन दिन भित्रै रिपोर्ट आइसक्ने डोटीका स्वास्थ्य कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिए ।

दिपायल सिलगढी नगरपालिकाको राजपुरमा ४८ जना, शिखर नगरपालिकाको धुर्काटमा ४६ जना, शिखर नगरपालिकाकै बानेडुग्रीसैनमा ३० जनाको स्वाब संकलन हुने बताइएको छ। त्यसैगरी आदर्श गाउँपालिकाको मौवादहमा ७३ जना, बोगटान फुड्सिल गाउँपालिकाको खत्याडीमा ६७ जना र बडिकेदार गाउँपालिकाको बिपीनगरमा ४१ जनाकोपनि स्वाब संकलन हुनेछ । क्वारेन्टाइनमा बस्नेको संख्या चार सय २८ रहेपनि अहिले ३०५ जनाको मात्र स्वाब परीक्षण हुने भएको हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE