सोमवार, अशोज ५, २०७७
Monday, September 21, 2020

ढोरपाटनका ‘मनकारी मेयर’ दम्पती धमाधम राहत बाड्दै

मिलन परियार धनगढी, २८ चैत्र : गरिबका लागि ‘मनकारी मेयर’ भनेर चिनिने बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली दम्पतीले दैनिक ज्याला मजदुरी गरी खाने गरिब,विपन्न परिवारलाई राहत बाडेका छन् ।

नेपाली दम्पतीले बिहिबार ढोरपाटन नगरपालिका २ को खल्बाङ र अर्नाकका ४५ घरपरिवारलाई राहत स्वरुप खाद्यान्न सामाग्री उपलव्ध गराएका हुन् । प्रत्येक परिवारलाई स्टीम चामल १ बोरा, दाल २ केजी, तेल १ लिटर लगायतका खाद्यान्न सामाग्री उपलव्ध गराएका हुन् ।

कोरोना महामारीको यो संकटको घडीमा केही रुपमा भएपनि सहयोग पुगोस भन्ने उद्धेश्यले खल्बाङ र अर्नाकका ४५ घरपरिवारलाई राहत स्वरुप खाद्यन्न सामाग्री उपलव्ध गराएको नगर प्रमुख नेपालीले कट्‍‍वाल टकमलाई बताए ।

खाद्यान्न पाउनेहरुको नामावली विवरण :
माने वितालु,भुमिराज वितालु,ढाल बहादुर वितालु,धनराज दर्जी,ढाल बहादुर दर्जी,मिनीसरा नेपाली,देवि दर्जी,ज्ञानेन्द्र दर्जी,जगविर तिरुवा,झकेन्द्र तिरुवा,ढाल बहादुर तिरुवा,कृष्ण तिरुवा,राजु तिरुवा,संख बहादुर तिरुवा,फुलमायाँ परियार, जिवन तिरुवा,पुर्ण बहादुर कुमाल,भुमिसरा कुमाल,लुत्र बहादुर दर्जी,घने दर्जी,तम बहादुर दर्जी,खुम बहादुर दर्जी,प्रेमलाल दर्जी, रमेश कुमाल,नेत्र बहादुर बुढा,सुमन घर्ति,सुनामती दर्जी,झके दर्जी,विक्रम दर्जी,सुरज दर्जी,टिकाराम दर्जी,कुल बहादुर दर्जी,प्रकास दर्जी,कालु दर्जी, हरी दर्जी,ओम प्रकास दर्जी,मान बहादुर दर्जी,दिपक दर्जी,मिने दर्जी,मंगले दर्जी,विर बहादुर घर्ति वितालु,देव कुमार दर्जी,केअरसिंह दर्जी,निराजन वितालु र तुल्सी बुढा रहेका छन् ।

हामी दम्पतीले जति सक्छौँ त्यती सहयोग गरिरहेका छौँ । लकडाउनको कठिन घडिमा तपाई, हामी सबै एकजुट भएर आ–आफ्नो स्थानबाट गरिव तथा दिनदुखीहरुको सहयोगमा जुट्न समेत उनले अपिल गरेका छन् ।

कोरोना भाईरस नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका कारण मजदुरहरु भोकै बस्नु पर्ने अवस्था आउन नदिने बताउदै आएका ढोरपाटन नगरपालिकाका दैनिक मजदुरी गरेर खाने मजदुरहरु भोकै बस्नु पर्ने अबस्था सृजना भए व्यक्तिगत रुपमा ६ महिना पाल्ने यस अघि घोषणा गरेका थिए ।

दलित र जनजातीहरुको बाहुल्यता रहेको ढोरपाटन क्षेत्रमा दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउँनेहरु उल्लेख्य छन् । लकडाउनका कारण दैनिक रोजगारी गुमाएका मजदुरहरुलाई परिवार पाल्न मुस्किल परेपछि नगर प्रमुख दम्पतीले व्यक्तिगत रुपमा गत २० गते वडा नं.१,२,३,४,५,६,७ र ८ का १ सय ७ जना मजदुरलाई एकएक बोरा चामल, दाल, तेल, नुन चिनी तरकारी उपलब्ध गराई सकेको छन् ।

आफुले कमाएको सम्पत्ती विपद्का बेला यसरीनै गरिबका लागि प्रयोग गर्ने बताउने नगर प्रमुख नेपालीले अप्ठेरो परेका बेला नगरबासीहरुलाई सहयोग गर्नुनै आफ्नो कर्तव्य भएकाले आफ्नो सम्पत्तीलाई निजी नठानेको उनको भनाई छ । व्यक्तिगत रुपमा राहत स्वरुप खाधान्न सहयोगका लागि ४० लाख खर्च गर्ने योजना रहेको उनकी श्रीमती छेला नेपालीले बताईन् ।

नेपाली दम्पतीले बाग्लुङको वुर्तिबाङ,पोखरा र काठमाडौमा रहेको आफ्नो घर भाडा बाफतको एक महिनाको हुन आउने ९ लाख ६५ हजार घरभाडा समेत नलिने बताएका छन् । नगर प्रमुख नेपाली नगर प्रमुखले पाउने तलब सुबिधा नलिने जनप्रतिनिधीको रुपमा समेत चिनिन्छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE