शुक्रबार, अशोज ९, २०७७
Friday, September 25, 2020

कोरोना कहरका बेला सन्देशमूलक चलचित्र रिलिज (भिडियो सहित)

राजेश बर्देवा बाग्लुङ, ३० चैत्र : पुर्ण इन्टरटेनमेन्ट प्रा.लि.ले सन्देशमुलक सर्टमुभि “द हिडन लासो” रिलिज गरेको छ । सो सर्टमुभिको चैत्र २८ गते पुर्ण इन्टरटेनमेन्ट प्रा.लि. को अफिसियल युट्युब मार्फत रिलिज गरिएको हो ।

पुर्ण इन्टरटेनमेन्ट प्रा.लि. ले निर्माण गरेको टेलिचलचित्र “द हिडन लासो” लायन्स इन्टरनेशनलको सहयोगमा तयार गरिएको हो । लागुपदार्थ दुर्व्यसनिका कारण युवाको कम उमेरमै मृत्यु भएको दृश्य सर्टमुभिमा समाबेश छ । बिशेष च्यारिटी सोको आयोजना गरि रिलिज गर्ने तयारिमा रहेको टेलिचलचित्र कोरोनाको कारणले गर्न नसकिएको निर्माण कम्पनीले जनाएको छ l

लागुपदार्थ दुर्व्यसनिमा फसेका युवायुवतीको बास्तबिकता समाबेश गरि सन्देशमूलक सर्टमुभि निर्माण गरिएको निर्माण पक्षले बताएको छ ।

पुर्ण परियार निर्माता रहेको उक्त सर्टमुभिको अस्ट्रेलियाको ब्रीसबेनमा छायांकन गरिएको हो । कथा परिकल्पना र निर्देशन पनि पूर्ण परियारले गरेका हुन् । सर्टमुभिमा सुनिता परियार,भानु बराल,मनोज खड्का,सनम खड्का,संगीता श्रेष्ठ,राजिब कार्की,टिएम केसी,शोभा शोभा केसीको अभिनय रहेको छ l बिनोद केसी र सनम खड्काको छायांकन रहेको सर्टमुभिमा कृष्ण भण्डारीले सम्पादन गरेका छन l

भिडियो हेर्नुहोस :

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE