बिहिबार, असार २५, २०७७
Thursday, July 9, 2020

बैजनाथ गाउँपालिका अध्यक्षले भने मजदुरलाई भोको नराख्नु

कुशल दलामी कोहलपुर, ३० चैत्र : न्यु हरियाली सामुदायिक बन उपभोक्ता समितिले बैजनाथ गाउँपालिकालाई आर्थिक सहयोग गरेको छ । सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष नन्द बिश्वकर्मा र कोषाध्यक्ष कर्ण बहादुर खड्काले संयुक्त रुपमा गाउँपालिका अध्यक्ष मान बहादुर रुचाललाई आजै ३१ हजार ५ सयको चेक हस्तान्तरण गरेका हुन् ।

सामुदायिक बन उपभोक्ता समितिले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन तथा राहत कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो।

त्यसैगरी गाउँपालिका अन्र्तगतका ८ वटा वडाका अध्यक्षहरुलाई अध्यक्ष रुचालले लकडाउनका बेला दैनिक ज्याला मजदुरी गरेर जीवीका चलाउने गाउँपालिका बासीहरुलाई भोकै नराख्न निर्देशन दिए । सरकारले गरेको लकडाउनका विपरित कुनैपनी काम गर्न नदिन कडाई गर्न समेत उनले सुझाए ।

गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन राहत कोषमा सहयोग गर्ने विभिन्न गैरसरकारी संस्थाहरुप्रति उच्च मूल्यांकन गर्दै अध्यक्ष रुचालले नयाँ बर्ष २०७७ घरभित्रै सुरक्षित बसेर मनाउनु पर्ने सुझाउँदै नयाँ बर्षको अबसरमा सम्पूर्ण गाउँपालिका बासीलाई शुभकामना समेत ब्यक्त गरे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE