शनिबार, अशोज ३, २०७७
Saturday, September 19, 2020

नेपालमा कोरोना संक्रमितको संख्या १३ पुग्यो,सुदूरपश्चिममा ५ जना संक्रमित

धनगढी, १ बैशाख : नेपालमा कोरोनो भाईरस संक्रमितको संख्या १३ पुगेको छ । कैलालीको लम्कीचुहा नगरपालिका–१ मा ६० वर्षीया महिलामा आज कोरोना पोजेटिभ देखिएपछि संक्रमितको संख्या १३ पुगेको हो ।

लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी ती महिलाको र्‍यापिड टेस्टमा नेगेटिभ देखिए पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परिक्षण गर्दा पोजेटिभ देखिएको छ ।

उनलाई एम्बुलेन्समार्फत सेती प्रादेशिक अस्पताल ल्याइएको छ । योसँगै कैलालीमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ भने नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE