शनिबार, अशोज ३, २०७७
Saturday, September 19, 2020

लकडाउन १५ बैशाखसम्म जारी राख्ने सरकारको निर्णय

धनगढी, २ बैशाख : सरकारले कोरोना भाइरसको संक्रमण रोकथामका लागि लकडाउनको समय थप गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले १२ दिन थपेर वैशाख १५ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोक्नका लागि चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाउने सरकारले निर्णय गरेको हो । बैठकले वैशाख १८ गतेसम्म हवाई उडान र सीमा नाका बन्द गर्ने निर्णय गरेको ती मन्त्रीले जानकारी दिए ।

यसअघि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले १८ गते सम्मका लागि स्थगित गर्न सिफारिस गरेको थियो ।

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE