शनिबार, अशोज ३, २०७७
Saturday, September 19, 2020

कैलालीमा कोरोना संक्रमित महिलाको गाउँनै सिल

धनगढी, २ बैशाख : लम्की चुहा नगरपालिकाले कोरोनाभाइरस संक्रमित महिलाको गाउँ नै सिल गरेको छ । आज नगरपालिकाले कोरोनाभाइरस संक्रमित महिला भेटिएको वडा नं.१ लाई सिल गरेको हो ।

संक्रमित ६५ वर्षीया महिला लम्की चुहा नगरपालिका वडा नं.१ मा बस्दै आएकी थिइन् । संक्रमणको सम्भावित जोखिम लाई मध्य नजर गर्दै वडा नं १ लाई सिल गरिएको लम्की चुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले जानकारी दिए ।

अहिले उनको गाउँमा आवतजावत पूर्ण रुपमा बन्द गरेका छौ,’ नगर प्रमुख वज्गाइँले भने । उनले यस नगरपालिका क्षेत्र भित्रका अफ्ना नागरिकलाई जोखिमबाट मुक्त गर्न कठोर निर्णय लिएको बताए ।

संक्रमणबाट बच्न र बचाउन अहिलेको मुख्य कार्यभार भएकाले नेपाल सरकारले जारी गरेको लकडाउनलाई पनि थप कसिलो बनाएको उनले बताए ।

उनले भारत र तेस्रो मुलुकवाट आएकाको लगत संकलन गरेर चेकजाँच तीव्र गरिएको पनि उनले बताए । भारत र तेस्रो मुलुकबाट आएकाको लगत संकलन गरी आज पनि ¥यापिड टेस्ट गरेको उनले जानकारी दिए । ‘टेस्ट गरेका सबैको रिपोर्ट सन्तोषजनक नै छ,’ उनले भने ।

यस नगरपालिकाभित्र भारत र तेस्रो मुलुकबाट लकडाउन अघि र पछी गरी ४८४ जना नागरिक भित्रिएको उनले बताए । उनले लकडाउन अघि आएकाको चेकजाँच शुरु नभएको र लकडाउनपछि मात्र भित्रिएका २०० जनाको ¥यापीड टेस्ट गरेको जिकिर गरे ।

वडा नं १ र ३ का नागरिकलाई चेक जाँच गर्न कालिका माध्यामिक, भरुवा वडा नं २, ४ र ५ का नागरिकका लागी पुरानो लम्की चुहा, वडा न. ७ र ९ का नागरिकका लागी सरस्वती मा.वि. प्रतापपुर र वडा नं ६ र १० का नागरिकका लागी सर्वोदय माध्यामिक विद्यालयमा (यापिड टेस्टको व्यवस्था गरी चेक जाँच गरिएको उनले बताए ।

लम्की बहुमुखी क्याम्पसमा करेन्टाइनमा ५२ जनालाई राखेको उनले जानकारी दिए । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधीलगायत शंकास्पद लागेका नागरिकको पनि चेक जाँच गरिन थालेको उनले बताए ।

सामान्य रुघाखोकी, ज्वरो, शरीर दुख्ने, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिने व्यक्तिहरुलाई पनि नजिकको हेल्थपोस्ट या नजिकको अस्पतालमा गएर चेकचाँज गर्न गराउनसमेत भन्ने गरेको उनको भनाइ छ । लम्की चुहा नगरपालिकामा यस अघि पनि भारत वाट आएका एक पुरुषमा कोरोनाभाइरस संक्रमणको पुष्टि भइसकेको छ ।

टंक कुँवरले लेखको समाचार रातोपाटीबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE