मङ्लबार, अशोज ६, २०७७
Tuesday, September 22, 2020

कोहलपुरमा सुरक्षा ब्यवस्था कडा

कुशल दलामी कोहलपुर, ३ बैशाख : बाँकेको कोहलपुरमा सुरक्षा व्यवस्था कडा गरिएको छ । कोरोना भाईरस संक्रमणको खतरा बढेपछि कोहलपुरस्थित इलाका प्रहरी कार्यालयले मंगलबारदेखी सुरक्षा व्यवस्था कडा गरेको हो ।

कोहलपुर नगरपालिकाको कौशिल्यानगर,मदनचोक, चप्पलगौडि र हवल्दारपुर चार नाकामा प्रहरीले कडा सुरक्षा दिइरहेको कोहलपुर प्रहरीले जनाएको छ । यि चार नाकाबाट कोहलपुर प्रवेशमा कडाई गरिएको छ ।

विश्वभर फैलिएको कोरोना भाईरस कोभिड १९ को संक्रमण दर नेपालमा पनि प्रतिदिन बृद्धि हुनथालेपछि सुरक्षा ब्यवस्थामा थप कडाई गरिएको कोहलपुर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी कुलदिप चन्दले बताए ।

नेकपा कोहलपुर नगर कमिटि अध्यक्ष बसन्ती अधिकारिले पार्टीको तर्फबाट कौशिल्यानगर चप्पलगौडि,मदनचोक र हवल्दारपुर चारै नाकामा संम्बन्धित वडाका नेकपा वडा अध्यक्ष र सचिवलाई प्रहरी प्रशासनसंंग सहकार्य गरेर स्वयंसेवकको रुपमा पार्टीको तर्फबाट जिम्मेवारी प्रदान गरिएको बताईन् ।

त्यसैगरी नेपाली काङ्ग्रेस कोहलपुर नगर कमिटि सचिब भुम बहादुर भण्डारीले पनि पार्टीको तर्फबाट स्वयंसेवक परिचालन गरिएको बताए ।

पार्टीप्रतिको मतभेद नराखी नेपाल सरकारले गरेको लकडाउनको पालना गर्न अन्य पार्टीहरुले पनि स्वयंसेवक परिचालन गर्नु पर्ने अधिकारीले बताईन् । घरभित्रै बसेर आफु सुरक्षित रहने र अरुलाई पनि सुरक्षित रहन उनले अनुरोध गरिन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE