शनिबार, अशोज १०, २०७७
Saturday, September 26, 2020

पैदल हिडेर घर फर्कदै गरेका सयौं मजदुर बुटवलमा अलपत्र

मिलन परियार धनगढी, ४ बैशाख : प्रदेश नं. ५ को अस्थायी राजधानि बुटवलमा सयौं मजदुर अलपत्र परेका छ्न् । महिला बालबालिका सिन्धुपाल्चोक,रसुवा,नुवाकोट,धादिङ र लमजुङबाट पैदल हिडेरै आईपुगेका मजदुरहरु बुटवलमा अलपत्र परेका हुन् ।

झोलीगुन्टा बोकेर बाँके,बर्दिया,कालिकोट,दैलेख,सुर्खेत र कैलाली तर्फ हिडी रहेका मजदुरहरु गन्तब्यमा नपुग्दै अलपत्र अबस्थामा भेटिएको संबिधान सभा सदस्य एवं राष्टिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष बिनोद पहाडीले जानकारी गराए ।

पहाडीका अनुसार उनीहरुलाई स्थानीय बासिन्दाहरुले ठाँउठाँउमा खाजा,खाना र पानी दिएर सहयोग गरि रहेका छ्न् । लकडाउनको बेला सयौंको संख्यामा मजदुरहरु बीच बाटोमा अलपत्र हुँदा सरकार रमिते बनी रहेको पहाडीले बताए । चार,पाँच सय किलोमिटर पैदल हिडेर बुटवलसम्म आउदा सरकारका सम्बन्धित निकायहरुले नदेखे जस्तो गर्नु लज्जाको कुरा भएको समेत उनले बताए ।

पहाडीले भने,सरकारको लाचार र गैरजिम्मेवार पन देखेर सवारी पास देउ हामी उद्दार गर्छौ भन्दा पनि सरकारी निकायहरु बाधक बन्ने मात्र होइन दर्शक बनेका छन । बिपद्को यस्तो घडीमा स्थानीय राजनीति दलहरु समेत गैर जिम्मेवार बनेको उनको भनाई छ ।

कोरोना भाईरस संक्रमण नियन्यण गर्न सरकारले गरेको लकडाउनका कारण रोजगारी गुमेपछि घर फर्कन लागेको बजदुरहरु बताउछन् । अर्काको ठाउँ काम गर्न गएका हामी बन्दले कामनै ठप्प भयो,भोकै बस्नु पर्ने भएपछि पैदल हिडेर घर फर्कन थाल्यौ उनीहरुको भनाई छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE