बिहिबार, अशोज ८, २०७७
Thursday, September 24, 2020

नवकिरणले ग¥यो आर्थिक सहयोग

कुशल दलामी कोहलपुर, ४ बैशाख : नवकिरण बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडले बैजनाथ गाउँपालिकालाई आर्थिक सहयोग गरेको छ । सहकारी संस्थाका अध्यक्ष राजु रुचालले गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाललाई रु २५ हजार १ सय ५५ को चेक हस्तान्तरण गरेका हुन्।

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन तथा राहत कोषमा नवकिरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको संचालक समितिले आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो । बैजनाथ गाउँपालिका-२ स्थित उक्त सहकारी संस्थाले गाउँपालिमै गएर अध्यक्ष रुचाल र उपाध्यक्ष शारदा रेग्मी विश्वकर्मालाई चेक हस्तान्तरण गरेको हो ।

विस्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) नेपालमा पनि संक्रमण दर बढेपछि सरकारले थप गरेको लकडाउनको अबस्थामा सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारी संस्थाले संस्थागत रुपमा आर्थिक सहयोग गरेको संस्थाका अध्यक्ष रुचालले बताए ।

विपद् व्यवस्थापन तथा राहत कोषमा बुधबारमात्रै नबकिरन बहुउद्देश्यीय सहकारीबाट रु २५ हजार १ सय ५५, वडा अध्यक्ष मन बहादुर खत्रीबाट रु १० हजार ५ सय,वडा अध्यक्ष प्रेम बहादुर थापाबाट १० हजार ५ सय,स्थानीय तिलक खत्रीबाट ५१ सय,दलित महिला संजालबाटबाट ८० घर परिवारलाई दाल,चामल,तेल,साबुन,चिनी लगाएतका खाद्यान्न प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।

हालसम्म १० लाख सहयोग प्राप्त भएको अध्यक्ष रुचालले जानकारी गराए । सहयोग गर्ने ब्यक्ति तथा संस्थालाई अध्यक्ष रुचालले धन्यवाद दिएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE