मङ्लबार, अशोज ६, २०७७
Tuesday, September 22, 2020

बादी र कुचमुनियाँ बस्तीमा राहत वितरण

आकांक्षा पाल्पाली महेन्द्रनगर, ४ बैशाख : सरकारले बैशाख १५ गतेसम्म लकडाउन अबधी लम्ब्याएपछि कंचनपुरको भिमदत्त नगरपालिका वडा नं.४ को  बादी बस्ती र सडक छेउमा रहेको अस्थायी कुचमुनियाँ बस्तीमा भोकमरीको अबस्था सृजना भएको छ ।

दैनिक ज्याला मजदुरी गरेर खाने बादी समुदाय र कवाड संकलन गरी बेचेर गुजारा चलाउने भारतीयमूलका दलितहरुलाई अहिले बिहान,बेलुकाको छाक टार्नै मुस्किल परेको छ ।

सडक छेउमा पाल टांगेर अस्थायी टहरा बनाएर भारतीयमूलका दलितहरु बस्दै आएका छन् । लकडाउनले सृजना गरेको भोकमरीबाट बचाउन बादी र कुचमुनियाँ बस्तीमा कंचनपुरकै चार जना युवाहरुले बुधबार साझ ४ बजे राहत स्वरुप खाधान्य बितरण गरेका छन् ।

बादी बस्तीका ३५ घर परिवार र कुचमुनियाँ बस्तीका २७ घर परिवारलाई राहत वितरण गरिएको राहत वितरण समूहका सदस्य विजय जैरुले कट्‍‍वाल डटकमलाई बताए । कंचनपुरकी मानबअधिकारकर्मी शारदा चन्द नेतृत्वको समूहले बादी र कुचमियाँ बस्तीमै गएर प्रत्येक घरपरिवारलाई २५ केजी चामलको एक बेरा,एक केजी दाल र एक प्याकेट नूनसहितको राहत वितरण गरेका हुन् । उक्त समूहमा सामाजिक अभियान्ता विजय जैरु,सुरेन्द्र देउवा र आनन्दी राना रहेका छन् ।

कोरोनो भाइरस (कोभिड-१९) ले विश्वनै त्रसित बनेको अबस्थामा दैनिक मजदुरी गरेर खाने बादी बस्ती र कुचमियाँ बस्तीका दलितहरुलाई राहत वितरण गर्नका लागि अमेरिकामा बस्ने भक्तबोव भण्डारीले आर्थिक सहयोग गरेका थिए ।

लकडाउन लम्बिदा भोकै बस्नु पर्ने अबस्था आयो,यस्तो संकटका बेला खाधान्य उपलब्ध गराएर आफूहरुलाई ठूलो सहयोग गरेको कुचमियाँ बस्तीका भारतीय दलितहरु बताउँछन् । सरकारले लकडाउन गरेको २४ औं दिन बितिसक्दा पनि सरकारी निकायबाट प्रयाप्त राहत सुबिधा नपायको उनीहरुको गुनासो छ ।

बिजय जैरुका अनुसार दैनिक ज्याला मजदुरी गरेर खाने बादी र कुचमियाँ बस्तीका दलितहरुलाई राहत स्वरुप आफूहरुले बस्तीमै गएर खाधान्य वितरण गरेको बताए । राहत वडा अध्यक्ष लक्ष्मिदत्त बोहराको रोहबरमा बितरण गरिएको हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE