शनिबार, अशोज १०, २०७७
Saturday, September 26, 2020

सुदूरपश्चिम र २ नं.प्रदेशमा अध्ययनरत चिकित्सक खटाउँदै स्वास्थ्य मन्त्रालय

यतीको चार्टर्ड विमानले दिउँसो १ बजे सुदूरपश्चिम पुर्‍याउने

धनगढी, ५ बैशाख : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम नियन्त्रण र उपचारका लागि सुदूरपश्चिम र प्रदेश नं.२ मा रेजिडेन्ट चिकित्सक खटाउने भएको छ।

मन्त्रालयले चिकित्सा स्वास्थ्य विज्ञान प्रतिष्ठान (न्याम्स) मा दोस्रो र तेस्रो वर्षमा अध्ययनरत ३४ र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका २७ जना चिकित्सक प्रदेश नं.२ मा पठाउन लागेको हो।

(कोभिड-१९) को संक्रमणको जोखिम अन्यत्रभन्दा दुई प्रदेशमा उच्च मानिएको छ। हालसम्म देखिएका १६ संक्रमितमध्ये सुदुरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा पाँच र प्रदेश नं.२ को नारायणी प्रादेशिक अस्पतालमा ४ जना कोभिड १९ का बिरामी उपकचाररत छन्।

काठमाडाको टेकु अस्पतालमा २ जना र बाग्लुङको धौलागिरी प्रादेशिक अस्पतालमा २ जना कोभिड १९ का बिरामी उपचाररत छन्। एक जना निको भइसकेका छन्।

स्वास्थ्य मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम बिष्टले शुक्रबार दिउँसो १ बजे चार्टर गरिएको यती एयरको विमानबाट सुदुरपश्चिम प्रदेश लैजाने व्यवस्था गरिएको बताए।

सहसचिव विष्टले भने, ‘उहाँहरुलाई प्रदेशमा पठाउँदै छौं। (कोभिड-१९) रोकथाम नियन्त्रण र उपचारका लागि जान लागेकोले त्यहाँको प्रदेश र सामाजिक विकास मन्त्रालयले आवश्यकताका आधारमा खटाउनेछ।’

चिकित्सकको स्थानीय तहमा व्यवस्थापन तथा समन्वय प्रदेश सरकारले गर्ने समेत स्वास्थ्य मन्त्रालयले जनाएको छ।

न्याम्समा दोस्रो र तेस्रो वर्षमा अध्ययनरत एमडी चिकित्सकहरुले कोरोना विरुद्धको अभियानका लागि त्यस प्रदेशमा एक महिनासम्म रहेर काम गर्ने बताइएको छ। इन्टरनल मेडिसिन, एनेस्थेसिया र पेडिट्रिसियनलाई मन्त्रालयले प्रदेश पठाउन लागेको छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE