मङ्लबार, अशोज ६, २०७७
Tuesday, September 22, 2020

कोरोना, एक चिहान र बन्दाबन्दी !

लकडाउन डायरी –१

जुम्ला, ५ बैशाख : तीन साता देखि अक्सर समय कोठाभित्रै बित्ने गरेको छ । ‘होम क्वारेन्टाइन’को सुरुवात अध्ययनबाटै भयो । उपन्यास, ‘एक चिहान’ शिर्षकको । दुई बसाइँमा पढेर सकियो । अर्को पुस्तक हो, ‘उपल्लो थलो’ पढेर सक्न तीन दिन लाग्यो । ‘एक चिहान’ साथीको उपहार हो भने ‘उपल्लो थलो’ लेखक स्वयमको । मेल मार्फत प्राप्त भएको ‘उपल्लो थलो’ लेखकको आग्रह छ ।‘ नमस्कार । उपल्लो थलोमा रुचि राखिदिनु भएकोमा धन्यवाद । किताब पठाएको छु । कृपया कसैलाई नबाँडिदिनुहोला । कतै अपलोड नगरिदिनुहोला । उपल्लो थलोको तपाईँहरुको यात्रा सुखमय रहोस ।’ मैले कसैलाई बाँडिन र अपलोड समेत गरेको छैन ।

प्रिय लेखक, मोहन मैनाली ज्यू, तपाईको आग्रह स्वीकार गरेको छु । तर लेखकले भने झैँ ‘उपल्लो थलो’को यात्रा सुखद् रह्यो । उसो त मैनालीको ‘मान्ठा डराएको जुग’ पढे देखिनै म प्रभावित भएको थिए । यसले झन आकर्षित ग¥यो । कतिपय मान्ठसँग भेट नभएरै लभ पर्छ नी । हो त्यस्तै भयो, उहाँको लेखनशैलीसँग मेरो लभ प¥र्यो । नेपाली ग्रामिण समाज चियाउने आँखीझ्याल जस्तै लाग्यो, ‘उपल्लो थलो’ । यो एक यात्री, पत्रकारको यात्राको डायरी पनि हो । लेखकसँग भौतिक रुपमा भेटघाट भएको छैन । भर्खरै ‘मुनामदन’ सकियो । अहिले रक्तदाताको जीवनकथा ‘द गिफ्ट अफ लाइफ’ पढ्दै छु ।
अनि,
पुस्तक पढ्ने ।
फिल्म,टेलिश्रृंखला,नाटक नाटक हेर्ने ।
तास,लुडो खेल्ने ।
समाचार र मुक्तक लेख्ने ।
र,
फेसबुक,टिकटक, ट्वीटर चलाउने ।
यी लकडाउन, अध्ययन र होम क्वारेन्टाइनका दैनिकी हुन् ।  बाह्र वर्षपछि त खोलो पनि फर्किन्छ भन्छन् । बाह्र दिनपछि बल्ल खोलो फर्कियो । अजिंगरको आहारा दैवले जुराउछ भने झैँ । बल्ल अवसर जुर्यो ।

लकडाउनले सफलतापूर्वक तेस्रो साता पार गरिसक्यो । लकडाउनको २५ औँ दिन । म एक ब्लग लेख्ने प्रयासमा छु । कत्तिपटक त कोशिस गरेपनि । तर लेख्न सकिरहेको थिइन । यो बीचमा एक लेख लेखेको थिए । अस्विकृत भयो । मलाई लाग्यो, छ्या ! म त लेख्नै नजान्ने रैछु । खासमा त्यो मलाई पनि चित्त बुझेको थिएन । ब्लग लेख्ने आशा लकडाउनको २५ औँ दिन सम्म पनि पुरा हुन सकेन । लेख्नलाई त पिउनु पर्ने रहेछ । यो बीचमा थूप्रै पटक पिए पनि । पुस्तक,लेख, ब्लग र परिदृष्य ।
मान्ठौ ! अब त अघि बढ्छु ल ।

हृदयचन्द्रसिंह प्रधानले लेखेको ‘एक चिहान’ उपन्यास पो सकियो । अहिले संसार नै एक चिहान होला कि भन्ने डर पो आएको छ । यसका पात्रहरुको जीवनलिला झरीले एक चिहान बनायो । रेडियो नेपालले २००७ साल देखि नै ‘यो रेडियो नेपाल हो अब सुन्नुहोस पुरा समाचार’ भनेझैँ यो कोभिड– १९ को समय हो । चीनको वुहानमा देखा परेको । ३१ डिसेम्बर २०१९ मा । दिनको संकेत बिहानीले गर्छ भने झै । यसको प्रारम्भ पक्कै पनि सुखद् थिएन र छैन । एक चिहानको कथा त काठमाडौँको एक किसान परिवारको थियो । कोरोना भाइरस जन्मिनुको पछि पनि केही पृष्ठभूमि पक्कै होलान् ।

जसरी एक चिहान जन्माउने एक किसान परिवारको दुःख थियो । जुन लेखकको सिर्जना हो । तर कोभिड–१९ र एक चिहान जन्मिनुको कारण,प्रकार,प्रकृति र पृष्ठभूमि समेत बिलकुल फरक छ । कोरोना एक चिनिया प्रजातिको भाइरस, एक चिहान एक नेपाली जातिको कथा । भनाई नै छ नि ‘मेड इन चाइना, आज छ भोली छैन ।’ पक्कै एकदिन यो रहदैन होला । जसरी एक चिहानका सर्जक भौतिक रुपमा हामी सँग छैनन् । उनको सिर्जना जीवित छ । सिर्जना सर्जकको सम्पति हो । कोभिड–१९ को कहर,असर र प्रभाव रहिरहने छ भने एक चिहानको सिर्जना पनि युगौयुग रहिरहनेछ । यो कसरी देखा पर्यो, यसले अझै विश्वलाई कस्तो प्रभाव पार्ला यो अहिलको यक्ष प्रश्न हो । यो आफैमा कविको सिर्जना, पत्रकारको समाचार र वैज्ञानिकको खोजको विषय छ ।

एकतिर प्रकृति आफ्नै ‘इकोसिस्टम’मा चलिरहेको छ । अर्कातिर कोरोना भाइरस संक्रमण पनि आफ्नै गतिमा छ । यसको फैलावट समेत बहुत भयंकर छ । विश्वमा शक्तिशाली र विकसित भनिएका देश समेत कोभिड–१९ सँग डराइरहेका छन् । विश्व व्यवस्थामा उदाउँदो देश चीन यसलाई समय मै रोकथाम गर्न सफल भयो । विश्व साम्राज्यवादी मुलुक अमेरिका कोरोना सँग डराइरहेको छ । कोरोना भाइरसलाई अमेरिकी राष्ट्रपतिले ‘वुहान भाइरस’ भन्न भ्याए । अमेरिका अहिले कोरोनाबाट आंक्रान्त छ । यस अघि चीनले समेत कोरोना संक्रमण ल्याउने काम अमेरिकी सेनाले गरेको आरोप लगाएको थियो । बुहान दिनप्रतिदिन सामान्य बन्दै छ ।

विश्वनै कोभिड–१९ को त्रास सँग जुधिरहेको अवस्था छ । यसबारे असफलता र अफलताका कथा समेत लेखिदैछन् । यसको मुख्य इपिसेन्टर चीन र दक्षिण कोरिया लगायतका देश हुन् । असफलताका दर्दनाक कथाहरु समेत बग्रेल्ती छन् । अग्रपंत्तिमा अमेरिका र जर्मनी, इटली र स्पेन लगायतका देश छन् । अमेरिका कोरोनासँग निरन्तर जुधिरहेको छ । सबैभन्दा बढि कोरोनाको संकटमा अमेरिकानै छ । कवि मनले सिर्जना गरेको एक चिहानका पात्रहरुको दर्दनाक अवसान भएको थियो । यस्तै कोभिड–१९ बाट लाखौं जनाले ज्यान गुमाइरहेका छन् ।

यो कुनै नाटकीय पात्रको कथा होइन । न त चलचित्रका मुनामदनको कथा । यसले वास्तविक जीवनमा मुनामदनहरुको माया प्रेम छुटाएको छ । सम्बन्ध टुटाएको छ सिंगो विश्वको । मानव जातिले भोगिरहेको अभूतपूर्व सत्य हो यो । कोरोना विरुद्धको विश्वयुद्ध सेता वस्त्रधारी भगवान रुपी डाक्टरहरुको हातमा छ । एक चिहानको एक पात्र डाक्टर गोदत्तप्रसाद जस्तै नानीथंकुको स्वार्थको मायामा लिप्त हुने समय हुँदै होइन । कृपाया, डाक्टर तपाईँहरुबाटै सिंगो विश्वले निकास र समाधान चाहेको छ । यो युद्धको अग्रमोर्चाको ‘बाहुबली’ तपाईँहरुलाई नै हो । समर्पण त्याग, र बलिदान यो युगले पक्कै सम्झिएला ।

नेपाल समेत लकडाउन छ । अहिले सम्म कोरोना संक्रमितको संख्या १६ जना पुगिसक्यो । सरकारले समेत नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको बताएको छ । बैशाख १५ गतेसम्म लकडाउन लम्बिएको छ । अहिलेको अवस्थामा यसबाट बच्ने उपाय भनेको सरसफाई गर्ने र होम क्वारेन्टाइनमा सुरक्षित रुपमा बस्ने नै हो । यदि हामीले समय मै संयमता अपनाएनौ भने सिंगो विश्वनै एक चिहान नहोला भन्ने के ज्ञारेन्टी छ र । म पनि होम क्वारेन्टाइनमा छु । यो समयलाई सिर्जनशिल बनाउने कोशिसमा छु । यो सकभर सुरक्षित हुने समय हो । ‘केटाकेटी आए गुलेली खेलाए’ जस्तो होइन । न त नेपाल बन्दको समय हो । लकडाउन र होम क्वारेन्टाइन सिर्जनशिलता प्रकट गर्ने सुन्दर अवसर समेत रहेछ । साच्चै मज्जा आइरहेको छ । वाह ! क्या दामि,होम क्वारेन्टाइन जिन्दगी ।
लकडाउनको २५ औं दिन ।

घरबाट फोन गद्दै आमाले भुनिन् । भाउअ कइथो छ । ठिकै छु आमई, मैले भुन्या । उनको एउटै चिन्ता छ । मलाई केही नहोस । आमाको मन न हो । आमाले भनिन्,‘भाउअ मो न्याँ सुन्चै हु । त्याँ राम्मो गर्नु । न्याँ हामी न वडाले साबुन र मास्क दिया छ ।’ बाखा थानमा खडती ‐भाकल) गर्न जानुछ । सब्बै गाउँल्याहरुले कोरोना भाइरस हाम्मो जिल्लामा नआओस भनेर एक रात थानमा खडती गर्न्या भुन्याछुन् । एक बोको पुनि किन्या छुन् । बली दिन्या भुनेर । त्याँ अइथी घरको मुल ढोका खुनीकन सिकापाती लायौ सब्बैले । अनि भाउअ तोइन केही नहोस, कोरोना नलागोस भुनिकन मष्टो सुम्झिदै भेटी राख्या छु । छुट्दै गर्दा आमाले भनिन् ,घर आँ भाउअ बरु सँगै मरौँला ।‐आमा रुदैँ )
मैले सम्झाउँदै भने मलाई केही हुदैन आमा ।

हो सबैले प्रार्थना गरौ,घरभित्रै बसिकन सरकारको निर्देशन पालना गरौ । सरसफाई र सुरक्षालाई ध्यान दिउ ।
भाइरस न ईश्वरले हटाउँछ न टुनामुनाले । नत दीप प्रज्वलन गरेर अथवा घरको मुल ढोकाको माटो खनेर । त्यसैले आउनुहोस यो विपत्तिलाई सामना गर्न आफू सुरक्षित बनौ । सिर्जनशिल बनाउ । अभूतपूर्व कोरोना भाइरस महामारीको लकडाउन र होम क्वारेन्टाइनको समयलाई स्वर्गिम बनाऔँ । तपाईँ, हामी र म नहरेपनि यो बेलाको याद सधै रहिरहोस । स्वर सम्राट नारायण गोपालको काल झै गीत ‘लौ सुन म भन्छु मेरो रामकहानी’जस्तै ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE