शनिबार, अशोज १०, २०७७
Saturday, September 26, 2020

दार्चुलामा एक दम्पतीले गरे भीरबाट हाम फालेर आत्महत्या

दार्चुला, ६ बैशाख : दार्चुलाको मार्मा गाउँपालिका वडा नं.१ ताकुका एक दम्पतीले भीरबाट हाम फालेर आत्महत्या गरेका छन् । शुक्रबार राति ताकुका २८ वर्षीय राजेन्द्र महर र उनकी श्रीमती २६ वर्षीया ललिता धामीले ताकु र दह नजिक रहेको सुन्दरभिरबाट हाम फालेर आत्महत्या गरेको स्थानीयले बताएका छन् । उनीहरुको एक हप्ताअघि मात्रै विवाह भएको थियो।

स्थानीय दिनेशबहादुर सिंहका अनुसार वैशाख १ गते राजेन्द्रले ललितासँग भागी विवाह गरेको र जेठी श्रीमती कोपिलाले त्यसको दुई दिनपछि श्रीमानले बहुविवाह गरेको भन्दै इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । दुवै जनाबीच दोस्रो विवाह गरेदेखि विवाद हुँदै आएका आफन्तले बताएका छन् ।

घटना स्थल इलाका प्रहरी कार्यालय लटिनाथबाट ३ घण्टाको दूरीमा पर्छ । प्रहरी टोली घटनास्थल नपुगेकोले घटनाबारे जानकारी जिल्ला प्रहरी कार्यालयमा नपुगेको सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले बताए ।

घट्नाबारे बुझ्न इप्रका लटिनाथबाट प्रहरी निरीक्षक कोमल विष्टको नेतृत्वमा प्रहरी टोली त्यसतर्फ गएको जोशीले बताए ।

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE