शुक्रबार, असार २६, २०७७
Friday, July 10, 2020

धनगढीमा कोरोना अस्पताल बन्दै

धनगढी, ७ बैशाख : कोरोना संक्रमितको उपचारका लागि सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा दुई छुट्टै अस्पताल निर्माण कार्य सुरु भएको छ । ५०/५० शैयाको निर्माण हुने ती अस्पताल सुदूरपश्चिम प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका लागि छुट्टै स्थानमा बनाउन लागेको हो ।

केही दिन अघि प्रदेश सरकारले तत्काल कैलाली र कञ्चनपुरमा कोरोना उपचारका लागि छुट्टै अस्पताल निर्माण गर्ने निर्णय गरे बमोजिम धनगढीमा निर्माण सुरु भईरहेको छ भने कञ्चनपुरमा प्रक्रियामा छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय कैलाली र महाकाली अस्पताललाई ५०/५० शैयाको अस्पताल निर्माणका लागि एकरएक करोडको अख्तियारी दिइ सकेको छ ।

धनगढी स्थित जिल्ला समन्वय समिति कैलालीको जग्गामा ५० शैयाको आइसोलेसन भवन निर्माण सुरु भई सकेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले जानकारी दिए ।

यस अघि प्रदेश सरकारले सेती अस्पताललाई नै कोरोना विशेष अस्पताल तोकेर अस्पतालका प्रसुति स्वास्थ्य सेवा अन्यत्र सार्न खोज्दा जनगुनासो बढेका थिए । अहिले त्यो निर्णय सच्याएर प्रसुति सेवा सेती प्रादेशीक अस्पताल बाट नै सञ्चालन गरिएको छ । उता महाकाली अस्पतालमा पनि भवन निर्माणको ठेक्का लागेको छ तर सम्झौताको प्रकृयामा रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE