शनिबार, अशोज १०, २०७७
Saturday, September 26, 2020

सांसद आलेमगरले गरे राहत वितरण

धनगढी, ७ बैशाख : डोटीबाट निर्वाचित प्रतिनिधीसभा सदस्य प्रेम आलेमगरले कैलालीको धनगढीमा विद्यार्थीहरुलाई शनिबार राहत स्वरुप खाद्यान्न वितरण गरेका छन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) का कारण नेपाललाई पनि गत चैत्र ११ गतेदेखि लकडाउन गरिएको हुँदा खाद्यान्न समस्यामा परेका धनगढीमा डेरा गरी बस्ने विद्यार्थीहरुलाई सांसद आलेमगरले सहयोग गरेका हुन् ।

नेकपाका केन्द्रिय सदस्य तथा डोटी जिल्ला इञ्चार्ज समेत रहेका सांसद आलेमगरले राष्ट्रिय युवा संघ डोटीको पहलमा १ सय २५ जना विद्यार्थीलाई खाद्यान्न सहयोग गरिएको राष्ट्रिय युवा संघ डोटीका अध्यक्ष गोबिन्द खड्काले जानकारी दिए ।
धनगढीका विभिन्न ५ वटा स्थानबाट प्रति विद्यार्थी २५ के.जि. चामल, २ के.जि.दाल, २ पोका तेल र १ के.जि. नुन वितरण गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।

लकडाउनका कारण खाद्यान्न अभावको समस्या झेलीरहेका विद्यार्थीहरु विद्यार्थी संगठनको सम्पर्कमा आएको र सम्पर्कमा आएका सबै विद्यार्थीहरुलाई सहयोग प्रदान गरिएको अनेरास्ववियुका केन्द्रिय नेता चुडामणी भट्टले बताए ।
कोरोनाका कारण आईपरेको जटिल परिस्थितीमा विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गरेकोमा सांसद आलेमगरलाई सबै बिधार्थीहरुको तर्फबाट विद्यार्थी तथा गायिका कृष्णा सिराडीले विशेष धन्यवाद दिइन् ।

सांसद आलेमगरले गृह जिल्ला डोटीमा पनि जिल्ला प्रशासन कार्यालयमार्फत स्वास्थ्य कार्यालय डोटीलाई लाखौं मूल्य बराबरका स्वास्थ्य सामाग्री प्रदान गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE