शनिबार, अशोज १०, २०७७
Saturday, September 26, 2020

जागरण मिडियाद्वारा कोभिड विरुद्ध सञ्चार अभियान सञ्चालन

धनगढी, ७ बैशाख : जागरण मिडिया सेन्टरले कोरोना भाईरस (कोभिड-१९) विरुद्ध सञ्चार अभियान सुरु गरेको छ । दलित, महिला र सिमान्तकृत समुदायसम्म कोभिड-१९ बारे आवश्यक सूचना र जानकारीमुलक शिक्षा पु¥याउन सञ्चार अभियान सुरु गरिएको हो ।

कोभिड-१९ रोकथामका लागि अपनाउनु पर्ने सावधानी, राहत र अन्य नीति तथा कार्यक्रमको जानकारीसँगै लक्षित समुदायका समस्या समाधानका लागि पहल गर्न अभियान सञ्चालन गरेको संस्थाका अध्यक्ष रेम बहादुर विश्वकर्माले बताए ।

कुनै पनि प्रकारका माहामारी वा विपद्को असरले जात, गरिब, धनी र भुगोल नभनी सबैमा समान तरिकाले असर पार्छ । तर, त्यसको प्रभाव भने गरिब तथा विपन्न समुदाय र वर्गमा बढी पर्ने भएकाले उनीहरुलाई सहि सूचना, जानकारी र शिक्षा दिएर समस्या समाधानका लागि अभियानले सबै सरोेकारवाला निकायहरुबीच पुलको काम गर्ने उनको भनाई छ ।

यस अभियानको काम भनेको कुनै पनि प्रकारको विभेद् र पक्षपात नगरी समानता, न्याय र मानवअधिकारको संरक्षण प्रर्वद्धन गर्नका लागि सबैलाई संचारको माध्यमवाट खबरदारी गर्नु पनि हो । गरिब, विपन्न र सिमान्तकृत समुदायका लागि सरकार एवं सवै सरोकारवालाले ल्याएका कार्यक्रमबारे विभिन्न आमसंचारका माध्यम मार्फत प्रभावकारी सुचना र जानकारी दिएर स्थानिय तह सम्मका आवाज विहिनहरुको आवाजलाई सशक्त बनाउने अभियानको उद्धेश्य छ ।

साथै विभिन्न सञ्चार माध्यमले उठाएका यस्ता विषयवस्तुहरुको संकलन गरि सञ्चार निगरानी गरिने पनि अध्यक्ष विश्वकर्माले जानकारी दिए । सत्यतथ्य सुचना र समस्याको आधारमा वकालत र पैरवी पनि गरीने वताईएको छ । यसका लागि कोभिड-१९ सम्वन्धी वेभसाइट (www.covid19.jagaranmedia.org.np) नै स्थापना गरेर कामको सुरुवात गरीएको छ ।

कोभिडका कारण आफुले भोगेका दुख, पिडासँगै पाएका वा गरिएका सहयोग एवं कोभिड रोकथामका लागि समुदायस्तरमा भएका गतिविधिबारे जानकारी र सुचना इमेल र फोन मार्फत उपलब्ध गराउन पनि अभियानले आग्रह गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE