मङ्लबार, अशोज ६, २०७७
Tuesday, September 22, 2020

जानकी गाउँपालिकामा राहत बितरण शुरु

कुशल दलामी नेपालगंज, ८ बैशाख : बाँकेको जानकी गाउँपालिकामा आइतबारदेखी राहत बितरण शुरु गरिएको छ । जानकी गाउँपालिका वडा न. १ देखि वडा नं. ६ सम्म ३ हजार १२ घर परिवारलाई राहत बितरण गरिने बताइएको छ । गाउँपालिकाले दिएको जानकारी अनुसार सम्बन्धित वडाका वडा अध्यक्षहरु मार्फत राहत वितरण गरिने छ ।

दैनिक ज्यालादारी काम गरेर घरपरिवार पाल्ने मजदुरहरुलाई राहत स्वरुप खाधान्य वितरण गरिने गाउँ पालिका अध्यक्ष राम निवास यादवले बताए । राहत पाउनु पर्ने तर लिष्टमा छुटेका र अन्यत्र ठाउबाट अध्ययनका लागि कोठा भाडामा लिएर बस्ने बिद्यार्थीहरुलाई पनि राहत उपलब्ध गराउने अध्यक्ष यादबले जानकारी गराए ।

उनले भने,जानकी गाउँपालिका भित्र बसोबास गर्ने हरेक नागरिकलाई सुरक्षित राख्ने हाम्रो जिम्मेवारी हो त्यसैले यहाँ कोही पनि भोकै बस्नु पर्ने अबस्था हुन हामी दिदैनौं । भोकमरीको अवस्था सृजना हुन नदिन गाउँपालिकाले पूर्व तयारी गरि रहेको अध्यक्ष यादबले प्रतिबद्धता समेत व्यक्त गरे ।

सबैलाई बराबरी राहत उपलब्ध गराउनु पर्ने स्थानीयकोे माग अनुसार केही रुपमा सम्बोधन गरिएको समेत उनले बताए । देहाती बस्ती भएकोमा हामीलाई समस्या भएको हो एक घरमा राहत दिदा अर्को। राहत सम्बन्धि कार्यबिधी शुक्रबार मात्र तयार भएको हुदा आइतबार देखी राहत बितरण शुरु भएको छ ।

ढुवानी समस्याका कारण राहत वितरणमा केहि ढिलाई भएको बताउदै अध्यक्ष यादबले दुई तिन दिनभित्र राहत बितरण कार्य सकिने बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE