बुधबार, अशोज ७, २०७७
Wednesday, September 23, 2020

पैदल हिड्नेहरुका लागि कोहलपुरमा निशुल्क भोजन

कुशल दलामी कोहलपुर, ८ बैशाख : बाँकेको कोहलपुर नगरपालिकाले वडा ११ चौराहामा नागरिक सहायता कक्ष स्थापना गरेको छ । सहायता कक्षको पश्चिमतिर नेपाली काङ्ग्रेस वडा कमिटिले निशुल्क मेस संचालन गरेको छ ।

ब्यानरसहित स्वयंसेवक युवाहरूले पूर्व नगर विकास समिति कोहलपुरका अध्यक्ष लक्ष्मन पौडेलको नेतृत्वमा स्थानीय युवा ब्यवसायीहरुले खाना,नास्ताको सेवा प्रदान गरिरहेको नेपाल तरुण दलका केन्द्रिय प्रतिनिधी लुट बहादुर केसीले बताए ।

कोहलपुर भएर विभिन्न स्थानमा जाने पैदलयात्रीहरु भोकै नपरुन भनेर निशुल्क भोजनका लागि मेस संचालन गरिएको कोहलपुर नगर नेपाल तरुण दलका सभापती हरि कठायतले बताए । मेसमा बिहान दुध र बिस्कुटको ब्यवस्था गरिएको छ भने बिहान ८ बजेबाट बेलुका ९ बजेसम्म खानाको व्यवस्थासंगै सवारी साधन मार्फत उनीहरुको गन्तव्यसम्म पुर्याउने काम गरिएको बताइएको छ।

त्यसैगरी कोहलपुर चौराहास्थित पिपल चौतारामुनि टेन्ट लगाएर कोरोना भाईरस कोभिड १९ रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनका कारण अलपत्र परेकाहरुको सहयोगका लागी नेकपा कोहलपुर नगर संगठन कमिटीको नेतृत्वमा सहायता कक्ष संचालन गरिएको छ ।

अलपत्र परेका पैदलयात्रीहरुलाई उनीहरुको स्थानीय तहमा समन्वय गरेर यातायातको सवारी साधनको ब्यवस्थापन गरि उनीहरुको घर पुर्याउने काम गरिएको बिहानी तिवारीले बताए । सोमबार मात्र कोहलपुरबाट सुदुरपश्चिम प्रदेश,कर्णाली प्रदेश र बर्दियाका जाने २७५ जनालाई उद्धार गरिएको कोहलपुर नगर प्रहरी लक्ष्मन चौधरीले बताए ।

कोरोना भाईरसले विश्वभर महामारी रुप लिएको बेला पार्टीका संगठनहरु एकै छातामुनी आउनु पर्ने स्थानीयहरुको भनाई छ । पैदलयात्रीको उद्धार गर्न पार्टीको व्यानरनै लगाउनु बिडम्बना रहेको उनीहरु बताउँछन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE