मङ्लबार, अशोज ६, २०७७
Tuesday, September 22, 2020

कोहलपुरका बादी समुदायले पाए राहत

धनगढी, ९ बैशाख : सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपाल बाँकेले लकडाउनका बेला समस्यामा परेका सुकुम्बासी वादी समुदाय र दैनिक ज्यालादारी गरी छाक टार्दै आएका मजदुरका परिवारलाई राहत उपलब्ध गराएको छ ।

कमिट नेपालले वडा कार्यालयसंग समन्वय गरेर कोहलपुर नगरपालिका वडा नं.१२ र वडा नं.१३ मा बसोबास गर्ने सुकुम्बासी बादी समुदायका ३२ घर परिवारलाई ५१ हजार २ सय रुपैयाँ बराबरको खाद्यन्न सामग्री वितरण गरेको छ । यहाँ अझैं तीन समय घर वादी परिवार आर्थिक संकटमा परेका छन् । उनीहरुलाई पनि राहत प्रदान गरिने बताइएको छ ।

त्यसैगरी कमिट नेपालले दैलेखको नारायण नगरपालिका वडा नं १ मा दैनिक ज्यालादारी गरी जिविकोपार्ज गर्दै आएका ४० घर परिवारका लागि ४० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । उनीहरुका लागि नारायण नगरपालिकाको खातामार्फत सो रकम सहयोग गरिएको अध्यक्ष प्रकाश नेपालीले बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE