मङ्लबार, अशोज ६, २०७७
Tuesday, September 22, 2020

अध्यादेश : अनिष्ट र अस्थिरताको अस्त्र : नेता परियार

काठमाडौं, ९ बैशाख : साझा पार्टीका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले मुल कार्यभार छलेर ल्याईएको अध्यादेश मुलुकको लागि अनिष्ट र अस्थिरताको अस्त्र भएको टिप्पणी गरेका छन । सामाजिक संजालमा आफ्नो अभिमत राख्दै नेता परियारले महामारीको विपतमा पनि फोहोरी राजनीतिको अभ्यासलाई दलाल राजनीतिको उल्टो यात्राको संझा दिएका हुन ।

उफ ! दलाल राजनीति‬को उल्टो यात्रा: घाटमा,कात्रोमा अनि महामारीमा पनि राजनीति ! ‪कोरोमरीलाई नजिती, भोकमरी निम्तिरहेका वेला अर्को फुटामरी । ‬महमारीको विपतमा फुटले दुख पाउने आखिर मंगलराम, श्यामवहादुर, उजेली र सन्तमायाका परिवारहरु न हुन ।

शिवचरण, रामलखन, मनकाजी र चरीमाया जस्ता कार्यकर्ता त आखिर तिमीहरुको सेवक भन्दा वढी के नै थिए र ? के तिमीहरुलाई सत्ताको रसस्वादन गर्नका लागि त शहीदहरुको वलिदानी थिएननी होईन ? लुछाचँडी गर, आपसमै काटमार गर, एक अर्काको कत्लेआम गर, तेजोवध गर ! के के गर्न मन छ महाधिवेशनमा गर त्यहाँ सक्दैनौ भने कोरोना कहरको ठेगान पछि गर । यो कामकुरो एकातिर कुम्लो वोकी ठिमीतिर जस्तो समय होईन ।

समय सत्यको प्रवाह नगर्ने दलाल राजनीतिका प्रवर्तक पाखण्डी,सिखण्डी र ढोंगीहरु विरुद्ध इतिहासको कठघरामा एक दिन कोर्रा हान्न तछाँड मछाड हुनेनै छ । ‪अरे पहिले कार्यभार त पुरा गर अंशवण्डा पछि गर !‬ यो अनिष्ट,अनिश्चय र अभरको संकेत हो ।

राजनीतिलाई दलाल राजनीतिमा सेलाउने समय हुँदै होईन । अहिले कसैको फूटमा रमाएर गोडा चार एक मान्ठाहरुलाई तुष फाल्न , इगो सो, सनक छर्र्पस्ट्याउन, देखाईदिन्छु वालाहरुलाई हल्का न्यानो वा सो सरहको तुष्टि विसाउन मजा होला तर हेक्का रहोस यसको दिर्घकालीन असर सिंगो मुलुकले व्यहोर्नु पर्नेमा कुनै शंका छैन ।

अनि अन्त्यमा इतिहासको हिसाव किताव नराख्ने पुस्तालाई नेपाल आमाले माफ दिने छैनन । वैशाख ११ गते संयोगले लोकतन्त्र दिवस र माता महिमा दिवस एकै दिन परेको छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE